बर्दिया ।
बार्दियाको ठाकुरबाबा नगरपालिकाले किसानहरुलाई कृषिकर्ममा सहयोग पुराउने उद्देश्यले ३५ प्रतिशत अनुदानमा कृषियन्त्र वितरण गरेको छ । नगरपालिका अन्तरगर्तको कृषि शाखाले एक कार्यक्रमका बीच नगरभित्रका २६ जना किसानलाई कृषि यन्त्रहरु वितरण गरेको
हो । ३५ प्रतिशत अनुदानमा १९ जना कृषकलाई प्रति कृषक एक थानका दरले १९ थान पावर टे«लर र ७ जना कृषकलाई प्रति कृषक एक थानका दरले ७ थान रीपर वितरण गरिएको थियो ।
उक्त कृषि यन्त्रहरु ठाकुरबाबा नगरपालिकाका प्रमुख घननारायण श्रेष्ठले वितरण गरेका थिए । कृषिको यान्त्रिकरणको माध्यमबाट उत्पादकत्व वृद्धि गर्ने तथा उत्पादन लागत घटाई कृषि व्यवसायीलाई प्रतिस्पर्धी बनाउने उद्देश्यले कृषि यन्त्र वितरण कार्यलाई निरन्तरता दिइएको उनले सो अवसरमा बताए । ‘नगर भित्रका कृषकलाई आधुनिकीकरण कृषि प्रणालीमा आर्कषण गरी कम लागतमा अधिकतम फाइदा लिन यस कृषि यन्त्रले सहयोग पुराउने आशा लिएको छु’ नगर प्रमुख श्रेष्ठले भने ।
ठाकुरबाबा नगरपालिकाका ९ वटै वाडाबाट प्राप्त आवेदनलाई क्याटलक विधिबाट प्रत्येक वडाबाट २÷२ जनाको दरले छनोट गरिएको थियो । नगरपालिकाको ३५ प्रतिशत अनुदानबाट हुन आउने करिब १५ लाख रुपैयाँ नगरले र थप रकम कृषकले व्यहोर्ने गरी कृषि यन्त्र वितरण गरिएको हो । ठाकुरबाबा नगरपालिकाको कृषि शाखाले यस अघि पनि सहकारीको सहकार्यमा २५ प्रतिशत अनुदानमा धानको बीउ वितरण गरिसकिएको एक व्यक्ति एक उत्पादन अन्तरगत आलु र मसाला खेतीमा लगानी रहेको नगर कृषि शाखाले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्