8 December 2021  |   बिहिबार, मंसिर २३, २०७८

माओवादी केन्द्रले बाढी पीडितलाई सहयोग गर्ने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, असार ३, २०७८  

कोहलपुर।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र कोहलपुर नगर समितिले बाढी पीडितहरुलाई सहयोग उपलब्ध गराउने भएको छ । यसअघि कोरोना महामारीको समयमा विपन्न नागरिकलाई खाद्यन्न सहयोग गर्न र अन्य सहयोग तथा राहत र उद्धारका लागि माओबादी केन्द्रले अभियान नै सञ्चालन गरेको थियो । अब कोेरोना महामारी कम हुँदै गएको र मनसुन शुरु भएसँगै त्यसबाट पीडितहरुलाई सहयोग गर्ने माओबादी केन्द्रले जनाएको हो ।

माओवादी केन्द्र कोहलपुरका अध्यक्ष तुला राज बिष्टले दलको तर्फबाट बाढी, डुबान तथा कटानका कारण समस्याका परेकाहरुलाई सहयोग गर्ने निर्णय भएको जानकारी दिए । उनका अनुसार प्राकृतिक प्रकोपबाट प्रभावित भएकाहरुको उद्धार तथा व्यवस्थापनका साथै सहयोग गर्ने निर्णय गरिएको हो ।

उनले कोरोना पीडित राहत कोष मार्फत अहिले सम्म कोहलपुरका विभिन्न वडाका विपन्न अपांगता भएका व्यक्ति, तथा बृद्धबृद्धाहरुलाई समेत सहयोग गरिएको बताए । करिब १ महिनासम्म चलेको अभियानको क्रममा कुल ७ सय ५० जनालाई केन्द्रले सहयोग गरेको उनको भनाइ थियो ।

यता माओबादी केन्द बाँकेका यूवा नेता नरेन्द्र न्यौपानेले कोरोना महामारीको समयमा कार्यक्रर्ताले व्यक्तिगत रुपमा संकलन गरेको राहत आवश्यकता अनुसार बाढी पीडितहरुलाई राहत स्वरुप वितरण गरिने जानकारी दिए । विपत्तिको समयमा हुने खानेहरुले हुँदा खाने तथा समस्यामा परेकाहरुलाई सहयोग गर्नको लागि रहात तथा उद्धार अभियानलाई निरन्तरता दिइने बताए ।

पार्टीका केन्द्रीय अध्यक्ष प्रचण्डको निर्देशन अनुसार बाढी पीडितहरुलाई सहयोग गर्नको लागि युवाहरुको स्यंमसेवक टिम समेत निर्माण गरिएको छ । यस्तै माओबादी केन्द्रमा बाढी तथा डुबानबाट क्षति भएका गाउँ तथा टोलमा वडा कमिटीलाई सक्रिय बनाइने भएको छ ।

प्रकाशित मितिः बिहिबार, असार ३, २०७८     8:05:52 AM  |