भेरीको परीक्षणमा ४१.६ प्रतिशतमा कोरोना पुष्टि



नेपालगञ्ज ।

बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ७२ जनाको नमूना परीक्षण गरिएकोमा ३० जनामा पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेशबाबु श्रेष्ठले जानकारी दिए ।

यो परीक्षणको पोजेटिभ दर. ४१.६ प्रतिशत रहेको छ । २४ घण्टामा गरिने परीक्षणमा पोजेटिभ हुने दर नै यो पछिल्लो केही दिनयताको सबैभन्दा बढी रहेको बताइएको छ ।

कोरोना संक्रमणदर घटिरहेको बताइरहेका बेला फेरी पोजेटिभ देखिने प्रतिशत बढ्न थालेपछि चिन्ता व्यक्त गर्न थालिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ असार २ गते बुधबार