18 April 2024  |   बिहिबार, बैशाख ६, २०८१

घट्दै राप्ती नदीमा बाढीको सतह, टर्‍यो जोखिम

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, असार २, २०७८  

कोहलपुर ।

राप्ती नदीमा क्रमश बाढीको सतह घट्दै जान थालेको छ । बुधबार विहानैदेखि बढिरहेको बाढीको सतह बिहान १० बजेपछि भने घट्दै जान थालेको जल–मौसम कार्यालय कोहलपुरले जनाएको छ ।

विहान बाँकेको कुसुमस्थित जल मापन केन्द्रका अनुसार नदीमा पानीको सतहले सतर्कता तह पार गरेको थियो । अहिले त्यो क्रम भने घटिरहेको छ ।

नदीमा पानीको सतह घट्दै गएकाले तत्काललाई जोखिम भने कम भएको बताइएको छ । नदीमा बाढीको सतह बढ्दै गएपछि अगैयामा रहेको सिक्टा सिचाई आयोजनाका ब्यारेजका सबै ढोकाहरु खोलिएका थिए ।

प्रकाशित मितिः बुधबार, असार २, २०७८     12:04:44 PM  |