19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

राप्ती नदीको बाढीमा फसेका चारजनाको उद्धार

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, असार २, २०७८  

दाङ ।

अबिरल वर्षका कारण राप्ती नदीमा आएको बाढीमा फसेका चार जनाको प्रहरीले सकुशल उद्धार गरेको छ ।

लमही नगरपालिका-७ का ४८ वर्षीय मनराम चौधरी, राजपुर गाउँपालिका-२ की ४५ वर्षीया साबित्रा यादव, सोही ठाउँका २६ वर्षीय राधे यादव र राजपुर-३ का २६ वर्षकै गणेश यादव राप्ती नदीमा आएको बाढीका कारण मंगलबार रातिदेखि नदीको बीचमा फसेका थिए ।

लमही-७ हसनापुर र राजपुर गाउँपालिकाको बेला घाटबीचको टापुमा फसेका उनीहरुको सशस्त्र प्रहरी बल भालुवाङका ९ जना र सशस्त्र प्रहरी क्याम्प लमहीका १६ जना गरी २५ जनाको टोलीले बुधबार बिहान उद्धार गरेको हो ।

बाढीमा फसेका उनीहरु भैँसी पाल्न अस्थायी गोठ बनाएर हसनापुरको टापुमा बस्दै आएका दाङका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए ।

प्रकाशित मितिः बुधबार, असार २, २०७८     10:42:45 AM  |