19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

राप्ती नदीमा खतराको घण्टीः सिक्टा ब्यारेजका सबै ढोका खोलियो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, असार २, २०७८  

कोहलपुर ।

बाँकेको राप्तीसोनारी गाउँपालिकाको अगैयामा रहेको सिक्टा सिचाई आयोजनाको ब्यारेजका सबै ढोकाहरु खोलिएको छ ।

राप्ती नदीमा आएको बाढी सर्तकताको बिन्दुभन्दा माथि पुगेपछि ब्यारेजका सबै ढोकाहरु खोलिएको त्यहाँबाट पत्रकार हेमन्त चौधरीले जानकारी दिए ।

लगातारको वर्षाले बाँके जिल्ला भएर बहने मानखोला र राप्ती नदीमा पानीको बहावले सतर्कता तह पार गरेको छ । मानखोलामा पानीको सतह सतर्कता विन्दुमा पुगेको र बढ्दो क्रममा रहेको जल तथा मौसम कार्यालय कोहलपुरले जनाएको छ।

यस्तै, पश्चिम राप्ती नदीमा पनि जलसतह सतर्कताको विन्दु अर्थात ५ मिटर पार गरेको छ। राप्तीसोनारी गाउपालिकाको नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन केन्द्रले अनुरोध गरेको छ।

प्रकाशित मितिः बुधबार, असार २, २०७८     10:31:23 AM  |