8 December 2021  |   बुधबार, मंसिर २२, २०७८

नेपाल स्काउटको नगर कार्यालय स्थापना

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, असार २, २०७८  

कोहलपुर  नेपाल स्काउट कोहलपुर नगरपालिका स्तरीय कमिटीको कार्यालय स्थापना गरिएको छ । केही साताअघि मात्र नेपाल स्काउटको नगर समिटी गठन गरिएको थियो । नवगठित समितिले कोहलपुर युवा तथा खेलकुद शिक्षा शाखामा नेपाल स्काउटको कार्यालय स्थापना गरेको हो ।

नेपालमा सामाजिक तथा शैक्षिक क्षेत्रमा काम गर्दै आएको अन्र्तराष्ट्रिय स्वयमसेवी संस्था स्काउटको नगर संयोजकमा हेम कुमार रावतलाई तोकिएको छ । शिक्षक समेत रहेका उनी कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतको सचिवालयमा कार्यरत छन् । संयोजक रावतले आधिकारिक रुपमा नियुक्ति पाएलगत्तै पहिलो कामका रुपमा कार्यालय व्यवस्थापन गरिएको जानकारी दिए ।

उनका अनुसार नेपाल स्काउटले कोहलपुर नगरपालिका नगर शिक्षा शाखासँग समन्वय र सहकार्य गरेर काम गर्नेछ । उनले अब कोहलपुर नगरपालिकाका पदाधिकारीसँग परिचयात्मक कार्यक्रम समेत गरिने बताएका छन् ।

‘केही समय अघि एउटा समिति निर्माण गरिएको थियो । मेरै संयोजकत्वमा समिति बनेको थियो । नियुक्ति प्रक्रिया पुरा भइसकेको छ । अब कार्यालय समेत स्थापना भयो । नेपाल स्काउट अब आफ्नो सामाजिक कार्यमा सक्रिय हुन्छ ।’ मिसन टुडे दैनिकसँग कुराकानी गर्दै
उनले भने ।

स्काउटले कोहलपुर क्षेत्रका सरोकारवालाहरुसँग छलफल गरेर अल्पकालीन तथा दीर्घकालीन योजना पनि बनाइने उनको भनाइ थियो । कोहलपुरका निजी तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई अनुशासित र लगनशिल बनाउनको लागि विभिन्न किसिमका तालिम व्यवस्थापन गरिने उनले बताए ।

कोहलपुर युवा तथा खेलकुद शिक्षा शाखा रहेको भवनमा स्थापना गर्ने कार्यक्रममा कोहलपुर स्काउट समितिका संयोजक हेम कुमार रावत,शिक्षा शाखा प्रमुख अन्नत कुमार पौड्याल,शिक्षा अधिकृत रविलाल मिजार,शिक्षा अधिकृत शिला गौतम लगायत हामी कमिटीका सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः बुधबार, असार २, २०७८     8:39:58 AM  |