कर्णाली सरकारको बजेट : ३६ अर्व ५४ करोड ६६ लाख ३६ हजार



 

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८र०७९ का लागि ३६ अर्ब बढिको बजेट सार्वजनिक गरेको छ ।

कर्णाली प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले आगामी आर्थिक वर्षको लागि कुल ३६ अर्व ५४ करोड ६६ लाख ३६ हजार बराबरको बजेट प्रस्तुत गरेका हुन् ।कोरोना नियन्त्रण तथा रोकथाम र उपचारलाई प्राथमिकतामा राखेर कर्णाली सरकारले बजेट ल्याएको हो ।

जसमा पूँजीगत तर्फ २१ अर्ब ६५ करोड ३९ लाख १३ हजार र चालु तर्फ ११ अर्ब ४९ करोड २७ लाख ७० हजार बराबरको बजेट ल्याईएको हो । यस्तै वित्तीय तर्फ ३ अर्ब ३९ करोड ९९ लाख ५३ हजार बजेट विनियोजन गरिएको छ ।

प्रदेश सरकारले कोरोना नियन्त्रणका लागि ५३ करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षमै कर्णालीका अस्पतालहरुमा स्वास्थ्य सम्बन्धी यन्त्रहरुको जडान, दक्ष कर्मचारीको व्यवस्थापन लगायतका काम प्रभावकारी बनाउने गरी बजेटको व्यवस्था गरिएको मन्त्री शर्माले बजेट भाषण मार्फत घोषणा गरेका छन् ।

सरकारले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयनमा ल्याउने गरी बजेट बक्तव्य सार्वजनिक भएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ असार १ गते मंगलबार