20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

थप २,७४५ जनामा कोरोना संक्रमण, ४,१८७ जना संक्रमणमुक्त

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, असार १, २०७८  

काठमाडौं ।   पछिल्लो २४ घण्टामा थप २ हजार ७४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ४४९ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ६८१ र ५ हजार ८४१ जनामा गरिएको एन्टिजेन परीक्षणमा १ हजार ६४ जना गरी कुल २ हजार ७४५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा संक्रमणका कारण ४१ जनाको मृत्यु भएको छ । संक्रमणमुक्त हुनेको संख्या ४ हजार १८७ रहेको छ ।

प्रकाशित मितिः मङ्लबार, असार १, २०७८     5:51:00 PM  |