8 December 2021  |   बिहिबार, मंसिर २३, २०७८

एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकमा पुनःबहाली भएका चार सदस्य अनुपस्थित

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, असार १, २०७८  

नेकपा (एमाले) कर्णाली प्रदेश संसदीय दलका बैठकमा पुनःबहाली भएका प्रदेशसभाका चार जना सदस्य अनुपस्थित भएका छन्।

अनुपस्थित हुनेमा प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा छन्। प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ पेश गरिने र बजेट सार्वजनिक गर्ने कार्यसूची छ।

आज बिहानको सो दलका बैठकमा उपस्थित हुन उनीहरूलाई पत्राचार गरिएको बताइएको छ।

संसदीय दलका बैठकमा सहभागी हुन एमालेले आमन्त्रण गरे पनि चारै जना सदस्य बैठकमा अनुपस्थित भएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले जानकारी दिए। रासस

प्रकाशित मितिः मङ्लबार, असार १, २०७८     1:12:31 PM  |