5 December 2021  |   आइतवार, मंसिर १९, २०७८

भेरी अस्पतालमा आजदेखि बहिरंग सेवा सुरु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, असार १, २०७८  

कोहलपुर ।

बाँकेको नेपालगञ्जमा रहेको भेरी अस्पतालले रोकिएको बहिरंग सेवा (ओपीडी) सञ्चालन गरेको छ ।

कोरोना भाइरस महामारी दोस्रो लहरसँगै ओपीडी बन्द गरेको भेरी अस्पतालले आज मंगलबारदेखि पुनः सञ्चालन गरेको हो । भेरीले कोरोना बिरामीका लागि दुई सय बेड सञ्चालन गरेको थियो ।

महामारीका बेला त्यहाँ ३ सय २६ जनासम्म बिरामी आएका थिए । बेड खाली हुने अवस्था आएकाले ओपीडी सञ्चालन गर्ने निर्णयमा पुगेको अस्पताल प्रशासनले जनाएको हो । बाँकेमा कोरोना संक्रमणदर घटेको छ । लक्षण देखिएका बिरामी कम भएका छन् ।

यहाँका तीनवटै प्रयोगशालाको रिपोर्टले पनि परीक्षण गर्ने र संक्रमण दर घटेको देखाएको छ । कोहलपुर मेडिकल कलेजले यसअघि नै ओपीडी सेवा सञ्चालन गरिसकेको छ ।

कोहलपुरले १ सय ३० बेड कोरोना बिरामीका लागि छुट्याएकोमा अहिले एक सय १५ बढी बेड खाली भएको छ ।

प्रकाशित मितिः मङ्लबार, असार १, २०७८     1:47:05 PM  |