भेरीमा आजदेखि बहिरंग सेवा



कोहलपुर ।

बाँकेको नेपालगञ्जमा रहेको भेरी अस्पतालले रोकिएको बहिरंग सेवा (ओपीडी) सञ्चालन गर्ने तयारी गरेको छ । कोरोना भाइरस महामारी दोस्रो लहरसँगै ओपीडी बन्द गरेको भेरी अस्पतालले आज मंगलबारदेखि पुनः सञ्चालन गर्न लागेको हो ।

भेरीले कोरोना बिरामीका लागि दुई सय बेड सञ्चालन गरेको थियो । महामारीका बेला त्यहाँ ३ सय २६ जनासम्म बिरामी आएका थिए । बेड खाली हुने अवस्था आएकाले ओपीडी सञ्चालन गर्ने निर्णयमा पुगेको अस्पताल प्रशासनले जनाएको छ ।

बाँकेमा कोरोना संक्रमणदर घटेको छ । लक्षण देखिएका बिरामी कम भएका छन् । यहाँका तीनवटै प्रयोगशालाको रिपोर्टले पनि परीक्षण गर्ने र संक्रमण दर घटेको देखाएको छ । कोहलपुर मेडिकल कलेजले यसअघि नै ओपीडी सेवा सञ्चालन गरिसकेको छ । कोहलपुरले १ सय ३० बेड कोरोना बिरामीका लागि छुट्याएकोमा अहिले एक सय १५ बढी बेड खाली भएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ असार १ गते मंगलबार