20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

बाँकेमा एक साता निषेधाज्ञा थप्ने तयारी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, जेष्ठ ३१, २०७८  

कोहलपुर ।

बाँकेमा गत बैशाख १३ गतेदेखि जारी निषेधाज्ञा फेरि एक साता थप गर्ने तयारी गरिएको छ ।

पछिल्लो पटक थपिएको निषेधाज्ञाको अवधि आज राती १२ बजेपछि सकिदैछ ।

जिल्ला प्रशासन कार्यालय बाँके स्रोत अनुसार निषेधाज्ञा पहिलेको भन्दा केही खुकुलो बनाएर अझै एक साता बढाउने तयारी भइरहेको छ । अब भने निषेधाज्ञाको मोडालिटी केही परिवर्तन हुन सक्नेछ ।

यससम्बन्धी सूचना साँझसम्म जारी भइसक्ने जिल्ला प्रशासन कार्यालय बाँके स्रोतले जनाएको छ ।

प्रकाशित मितिः सोमवार, जेष्ठ ३१, २०७८     12:49:42 PM  |