8 December 2021  |   बिहिबार, मंसिर २३, २०७८

बाँकेमा कोरोनाको दोस्रो लहर यताकै कम कोरोना संक्रमित थपिए

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, जेष्ठ ३१, २०७८  

कोहलपुर ।

पछिल्लो २४ घण्टामा आइतबार बाँकेमा थप ६९ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेका अनुसार २९ महिला र ४० पुरुष गरेर थप ६९ जना कोरोना जितेर डिस्चार्ज भएका हुन् ।

योसँगै बाँकेमा कोरोना जित्नेहरुको संख्या १६ हजार ८ सय ६२ पुगेको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए । उनका अनुसार कोरोना जित्नेहरुमा ७ हजार १ सय ७७ महिला र ९ हजार ६ सय ८५ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा जिल्लामा कोरोनाको दोस्रो लहर सुरु भएयताकै सबैभन्दा संक्रमित थपिएका थिए ।

जिल्लामा रहेका तीन प्रयोगशालामा गरिएको परीक्षणमा २ जनामा मात्र संक्रमण पुष्टि जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेले जनाएको छ । मेडिकल कलेज कोहलपुरको प्रयोगशालामा गरिएको परीक्षणमा २ जना पुरुषमा संक्रमण देखिएको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेका फोकल पर्सन ओलीले बताए ।

भेरी अस्पताल नेपालगञ्ज र बागेश्वरीको प्रयोगशालामा गरिएको परीक्षणमा भने बाँकेका व्यक्तिमा संक्रमण नदेखिएको उनले जानकारी दिए । योसँगै बाँकेमा कुल कोरोना संक्रमितको संख्या १७ हजार ३ सय ४४ पुगिसकेको छ । कुल संक्रमितमध्ये ७ हजार ३ सय ७९ महिला र ९ हजार ९ सय ६५ पुरुष रहेका छन् ।

जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेका अनुसार जिल्लाका प्रयोगशालामा गरिएको परीक्षणमा बाहिरी जिल्लाका ३ महिला र १२ पुरुष गरी १५ जनामा संक्रमण देखिएको थियो ।

आइतबारसम्म बाँकेमा जिल्ला भित्र र बाहिरका गरेर सक्रिय संक्रमितको संख्या ३ सय २१ रहेको थियो । तीमध्ये ७३ महिला र १ सय २ पुरुष गरेर १ सय ७५ सक्रिय संक्रमित जिल्ला भित्रका रहेका थिए ।

बाहिरी जिल्लाका संक्रमितको संख्या १ सय २० रहेको थियो । जिल्ला भित्र र बाहिरका गरेर ९८ महिला र ९० पुरुष गरेर १ सय ८८ जना होम आइसोलेसनमा रहेको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेले जनाएको छ ।

१ सय ७ जना अस्पताल तथा आइसोलेसन सेन्टरमा रहेका थिए । पछिल्लो २४ घण्टामा बाँकेभित्रका १ र बाहिरी जिल्लाका ५ गरेर ६ जनाको उपचारका क्रममा यहाँका अस्पतालहरुमा मृत्यु भएको थियो ।

जिल्लाका एक पुरुष तथा बाहिरी जिल्लाबाट रिफर भएर आएका २ महिला र ३ पुरुषको उपचारकै क्रममा मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेले जनाएको छ ।

योसँगै जिल्लाभित्रका १ सय २९ महिला र १ सय ७८ पुरुष गरेर ३ सय ७ तथा बाहिरी जिल्लाका १ सय ४ महिला र २ सय ३४ पुरुष गरेर ३ सय ३८ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मितिः सोमवार, जेष्ठ ३१, २०७८     2:00:00 PM  |