27 April 2024  |   शनिबार, बैशाख १५, २०८१

दुवै खुट्टा भाँचिएका बालकको उद्धार

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, जेष्ठ ३१, २०७८  

सिमकोट,  जेठ (रासस)  शनिबार माटो खन्ने क्रममा दुवै खुट्टा भाँचिएका हुम्लाको सिमकोट गाउँपालिकाका ११ वर्षीय युद्ध शाहीको थप उपचार हुने भएको छ । आर्थिक अभावले उपचार हुन नसकिरहेका बेला सहयोग जुटाएर घाइते बालक शाहीको आज उद्धार गरिएको हो । बिरामी र कुरुवाका लागि हुम्लादेखि सुर्खेतसम्म लाग्ने हवाई भाडा सीता एयरलाइन्सले निःशुल्क व्यवस्था गरेको छ ।

घरमा आर्थिक अवस्था अति कम्जोर भएका बालकको उपचारमा ठाउँबाट सहयोग जुटाएर हवाइजहाज मार्फत सुर्खेत पठाइएको हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिनुभयो । उठाइएको रकम उपचारबाट बचत भएमा बालकको पढाइमा खर्च गरिनेछ ।

चौध वर्षकी दिदीसँग बस्दै आएका शाहीका बुबाको मृत्यु भइसकेको छ भने आमाले अर्कैसँग विवाह गरेकी छिन् ।

प्रकाशित मितिः सोमवार, जेष्ठ ३१, २०७८     10:45:14 AM  |