13 May 2024  |   मङ्लबार, जेष्ठ १, २०८१

थप २,४०७ जनामा कोरोना संक्रमण, ४६ जनाको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, जेष्ठ ३०, २०७८  

काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ४०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १ हजार ६९४ जना र एन्टिजेन विधिबाट ७१३ जना गरी २ हजार ४०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

 

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । थप ३ हजार ९९४ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मितिः आइतवार, जेष्ठ ३०, २०७८     5:02:55 PM  |