19 April 2024  |   शनिबार, बैशाख ८, २०८१

नेपालगञ्ज घर भएका बेलायती सेनाका क्याप्टेन शाह रानी एलिजावेथबाट सम्मानित

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, जेष्ठ ३०, २०७८  

बेलायती सेनाका नेपाली क्याप्टेन शाह र उनकी श्रीमति
बेलायती सेनाका नेपाली क्याप्टेन शाह र उनकी श्रीमति

नेपालगञ्ज ।

बाँकेको नेपालगञ्ज घर भएका बेलायती सेनाका नेपाली क्याप्टेन विवेकजंग शाह रानी एलिजावेथबाट पदकसहित सम्मानित भएका
छन् ।

वेलायती रक्षा मन्त्रालयले सार्वजनिक गरेको सुचीअनुसार साहलाई यसवर्ष ‘क्विन वर्थ डे अनर’बाट सम्मानित गरिएको हो ।

वर्षभरि बेलायतमा रहि विभिन्न क्षेत्रमा उत्कृष्ट कार्यक्षमता प्रदर्शन गरेका अधिकारीहरुलाई रानी एलिजावेथको जन्मदिनका दिन विभिन्न पदकबाट सम्मानित गर्ने गरिन्छ ।

उक्त पदक पाउनेमा अधिकांश विदेशी तथा वेलायती नागरिक रहेपनि नेपालगञ्ज घर भएका शाह एकमात्रै नेपाली नागरिक हुन् । सम्भवतः बेलायती महारानीबाट नेपाली सैनिकले पाउन लागेको यो पहिलो पदक पनि हो ।Birthday Honours 2021 datapic detailing number of recipients and other information

क्विन्स गोर्खा लजिष्टिक रेजिमेन्टमा कार्यरत शाहलगायत सुचीमा रहेका सबैलाई बेलायती रक्षा सचिव बेन वालेन्सले बधाईं समेत दिएका छन् ।

सुरक्षा क्षेत्रमा काम गरेकाहरुको उत्कृष्टताका आधारमा उनीहरुले राज्यबाट सम्मान पाउन लागेको बेनले उल्लेख गरेका छन् ।

प्रकाशित मितिः आइतवार, जेष्ठ ३०, २०७८     12:20:38 PM  |