19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

गायक हिमाल सागरको असारदेखी अमेरिकामा कन्सर्ट हुने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, जेष्ठ ३०, २०७८  

काठमाडौं – अमेरिकामा एकल सांगीतिक कार्यक्रम गर्न गएका गायक हिमाल सागरले त्यहाँ कोरोनाको महामारीका कारण कन्सर्ट गर्न पाएका थिएनन् । अब भने यही ५ असारबाट २७ असारभित्र उनले अमेरिकाका विभिन्न राज्यमा ६ वटा एकल सांगीतिक कार्यक्रम गर्ने भएका छन् ।

सांगीतिक यात्राका लागि केही महिनाअघि अमेरिका पुगेका उनले यसअघि रामकृष्ण ढकालसँग एउटा मात्र सांगीतिक कार्यक्रम गर्न भ्याएका थिए । त्यति बेला खोप भर्खर सुरु भएका कारण दर्शक सोचेअनुसारको उपस्थित हुन चाहेनन् । सोही कारण आयोजक संस्थाले उनको एकल सांगीतिक यात्रा केही समयका लागि सारेको थिए ।

यति बेला अमेरिकामा बहुसंख्यकले दोस्रो डोज पनि खोप लगाइसकेकाले सांगीतिक कन्सर्ट गर्न खुला गरिएका कारण आफ्नो कन्सर्ट हुन लागेको उनले बताएका छन् ।गायक हिमाल सगारले आहिले आफ्नो ६ वटा एकल सांगीतिक कन्सर्ट तयार भएको बताएका छन् । यो कन्सर्ट एक महिनामा सकिएपछि अरू कन्सर्ट सुरु गर्ने उनको कथन छ ।

गायक हिमाल सागरको यो १९ जुनमा ओहओमा र २८ जुनमा टेक्सासमा सांगीतिक कन्सर्ट हुँदै छ । यस्तै जुलाई ४ मा अमेरिकाकै न्यु जर्सीमा, १० जुलाई र ११ जुलाईमा कन्टिनेन्टीमा र १४ जुलाईमा आफ्नो कन्सर्ट न्युयोर्कमा हुने पनि उनले बताएका छन् ।

यसपछि अरू कन्सर्टका लागि कुरा भइरहेको उनले बताए । पछिल्लो पुस्ताका रुचाइएका गायक हिमाल सगर कन्सर्ट दर्शकका रोजाइका कलाकार पर्छन् । अस्ट्रेलिया, युरोका १४ मुलुक र अमेरिकाका विभिन्न राज्यमा यसअघि कन्सर्ट गरिसकेका उनी अब भने आफू अमेरिकाको दुई महिनाको कन्सर्ट सम्पन्न गर्ने तयारीमा जुटेको बताउँछन् ।

यो कन्सर्टमा उनले आफ्नो १२ देखि १६ वटासम्म चर्चित गीत गाउने भएका छन् । दर्शकको रोजाइका गीत गाउने उनले बताएका छन् । विगतमा विभिन्न कलाकारसँग कन्सर्ट गर्दै आएका उनी यसपटक भने एक्लै स्टेजमा प्रस्तुत हुने बताउँछन् ।
यहीबीचमा उनले अमेरिकामा आफ्नो नयाँ गीतको भिडियो पनि छायांकन गर्ने भएका छन् । सो कन्सर्टसँगै सो भिडियो छायांकन गरेर चाँडै रिलिज गर्ने पनि उनले बताए । यस अघि कन्सर्टका लागि अमेरिका गएका उनी कन्सर्ट रद्द भएपछि उतै बसेका थिए । अब यो सांगीतिक यात्रा सम्पन्न गरेपछि उनी दुई महिनापछि नेपाल फर्कने भएका छन् ।राजधानी

प्रकाशित मितिः आइतवार, जेष्ठ ३०, २०७८     11:57:30 AM  |