कोहलपुर ।
यसवर्षको मनसुनी वायु बाँके जिल्लामा प्रवेश गरेको छ ।
जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरले बाँकेमा मनसुनी वायु आइतबार बिहानै प्रवेश गरेको जनाएको छ । आज नै यसको प्रभाव सुदुरपश्चिम सम्म नै पर्ने आंकलन गरिएको छ ।
यसले शुरुवाती अवस्थामा पश्चिम राप्ती नदी जलाधार र बाँके जिल्लाको भुभागमा धेरै स्थानमा हल्कादेखि मध्यम र केही स्थानहरुमा मात्र ठुलो वर्षा हुने देखिएको मौसम विज्ञान कार्यालय कोहलपुरले जनाएको छ ।
प्रकाशित मिति : २०७८ जेठ ३० गते आइतबार









प्रतिक्रिया दिनुहोस्