29 November 2021  |   सोमवार, मंसिर १३, २०७८

बाँकेका अस्पतालमा ३२ वर्षीया महिलासहित थप तीन संक्रमितको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, जेष्ठ ३०, २०७८  

कोहलपुर ।

कोरोना भाइरस संक्रमणका कारण बाँकेका अस्पतालमा थप तीनजनाको मृत्यु भएको छ ।

संक्रमित बिरामीहरुको उपचार भैरहेको नेपालगन्ज स्थित भेरी अस्पतालमा दुईजना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा एकजना गरि थप तीनजनाको मृत्यु भएको जिल्लाका कोरोना फोकलपर्सन तेज ओलीले जानकारी दिए ।

उनका अनुसार मृत्यु हुनेहरुमा कालिमाटी गाउँपालिका, २ सल्यानका ४६ वर्षीय पुरुष, बैजनाथ गाउँपालिका, ५ बाँकेका ६७ वर्षीय पुरुष र लमही नगरपालिका, १ दाङका ३२ वर्षीया महिला रहेका छन् ।

योसँगै बाँकेमा हालसम्म कोरोना भाइरस संक्रमणका कारण उपचारका लागि जिल्ला बाहिरबाट उपचारका लागि आएका ३३७ जना र जिल्लाका ३०७ जनाको मृत्यु भईसकेको छ ।

प्रकाशित मितिः आइतवार, जेष्ठ ३०, २०७८     12:27:00 PM  |