बाँकेको पार्वतीपुरमा रहेको प्लाइउड उद्योगमा बोइलर मेसिन पड्किँदा एकजना मजदुरको मृत्यु भएको छ ।
कोहलपुर नगरपालिका वडा नं. १४, पार्वतीपुरमा रहेको गणपति डोर एण्ड प्लाइ बोर्ड इन्डस्ट्रिज प्रालिमा रहेका स्टीम बोइलर मेसिन पड्किँदा बर्दिया बारबर्दिया नगरपालिका वडा नं. ९ का खुशीराम थारुको मृत्यु भएको हो ।
आइतबार बिहान ५ बजेर ५ मिनेटमा घटना भएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रबिन्द्र खनालले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, कोहलपुरले जनाएको छ ।
प्रकाशित मिति : २०७८ जेठ ३० गते आइतबार










प्रतिक्रिया दिनुहोस्