5 December 2021  |   आइतवार, मंसिर १९, २०७८

नेपालमा थपिए ३७५० संक्रमित

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, जेष्ठ २९, २०७८  

कोहलपुर ।

नेपालमा पछिल्लो २४ घण्टामा शुक्रबार ३ हजार ७ सय ५० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । ९ हजार ५ सय ९८ पीसीआर परीक्षणमा २ हजार ७ सय ९ जना र ५ हजार ५ सय ८४ एन्टिजेन परीक्षणमा १ हजार ४१ जना गरी ३ हजार ७ सय ५० जनामा संक्रमण पुष्टि भएको हो । संक्रमणका कारण पछिल्लो २४ घण्टामा ६७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो अवधिमा देशभर ५ हजार २ सय २५ जना कोरोना संक्रमणमुक्त भएका थिए । यस्तै १० वर्ष मुनिका ८१ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २११ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । सबैभन्दा धेरै काठमाडौंमा ९२१, ललितपुरमा १६३, मोरङमा १५१ तथा नुवाकोट, कास्कीमा ११७÷११७ जना र सुर्खेतमा ११६ जनामा कोरोना संक्रमण देखिएको थियो । यस्तै सुनसरीमा ८४, चितवनमा ८३, कैलालीमा ७१, भक्तपुरमा ५६, नवलपरासी पूर्वमा ५४, काभ्रेमा ५०, मकवानपुरमा ४९ र धनुषामा ४२ जनामा कोरोना संक्रमण देखिएको हो ।

झापा र सिन्धुपाल्चोकमा ३५÷३५ जना, जुम्लामा ३२, दाङमा ३३, तनहुँमा २८, कञ्चनपुरमा २३, धादिङमा २२, सिन्धुली र कपिलवस्तुमा २०÷२० जना कोरोना संक्रमित थपिएका हुन् । यस्तै सप्तरीमा १९, दोलखामा १८, गुल्मी र पाल्पामा १७÷१७ जना, सिरहा, लमजुङ र बर्दियामा १५÷१५ जना, नवलपरासी पश्चिममा १३, संखुवासभमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

धनकुटा, रामेछाप, गोरखा र म्याग्दीमा ९÷९ जना, रोल्पा र बाँकेमा ८÷८ जना, उदयपुर, तेह्रथुम, बारा, महोत्तरी र अर्घाखाँचीमा ७÷७ जना, सर्लाही र स्याङ्जामा ६÷६ जना, पर्सा, रौतहट र रसुवामा ५÷५ जना, ताप्लेजुङ, सल्यान र डोटीमा ४÷४ जना, इलाम, सोलुखुम्बु, बागलुङ र डडेलधुरामा ३÷३ जना, खोटाङ, भोजपुर, प्युठान, जाजरकोट र रूकुम पश्चिममा २÷२ जना तथा ओखलढुंगा, डोल्पा, मुगु, दार्चुला, बाजुरा र बैतडीमा १÷१ जनामा कोरोना संक्रमण देखिएको थियो ।

प्रकाशित मितिः शनिबार, जेष्ठ २९, २०७८     8:40:09 AM  |