19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

कुलो मर्मतको विषयमा तुलसीपुरमा गोली चल्यो, एक पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, जेष्ठ २८, २०७८  

दाङमा गोली चलेको छ। आज दिउँसो दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ मा गोली चलेको हो। कुलो मर्मतको विषयमा बिबाद हुँदा गोली चलेको हो।

गोली चलाएको आरोपमा पूर्ण वली पक्राउ परेका छन्।

सामान्य बिबादमा तर्साउन गोली चलाइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय दाङका एपसी गणेश लामाले बताए।

‘सामान्य बिबादमा तर्साउन गोली चलाएको देखिन्छ। एक जना नियन्त्रणमा छ,’ उनले भने, ‘थप बुझ्दैछौं।’

उनकाअनुसार एक राउण्ड गोली चलेको हो। गोली मानिसलाई लागेको भने छैन।

प्रकाशित मितिः शुक्रबार, जेष्ठ २८, २०७८     1:54:29 PM  |