4 December 2021  |   आइतवार, मंसिर १९, २०७८

राँझा नजिक बाइकको ठक्करबाट पैदल यात्रुको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, जेष्ठ २८, २०७८  

कोहलपुर ।

कोहलपुर–नेपालगञ्ज सडक खण्डको मनिकापुरमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ ।

नेपालगञ्जदेखि कोहलपुरतर्फ जाँदै गरेको ज ९ प ५०१८ नम्बरको मोटरसाइकलले मनिकापुरमा पैदलयात्री बर्सादी नाउको मृत्यु भएको हो ।

बिहीबार राती साढे नौ बजेतिर भएको दुर्घटनामा नाउको घटनास्थलमै मृत्यु भएको थियो । मोटरसाइकल चालक पनि घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीले मोटरसाइकल मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मितिः शुक्रबार, जेष्ठ २८, २०७८     2:00:13 PM  |