5 December 2021  |   आइतवार, मंसिर १९, २०७८

बाँकेका अस्पतालमा ४२ वर्षीया महिलासहित तीन संक्रमितको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, जेष्ठ २८, २०७८  

कोहलपुर ।

कोरोना भाइरस संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । भेरी अस्पतालमा दुई र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा एक जनागरी थप तीन जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बाँकेका एकजना र दाङका एकजना रहेको जिल्ला कोडिभ व्यवस्थापन समितिले जनाएको छ । बाँके खजुरा गाउँपालिका-३ बाँकेका ८० वर्षीय पुरुषको गएराती भेरीमा मृत्यु भएको हो ।

यस्तै दाङ राजापुर गाउँपालिका-१ का ७७ वर्षीय पुरुषको पनि भेरीमै मृत्यु भएको छ । घोराही उपमहानगरपालिका-७ दाङकी ४२ वर्षीया महिलाको भने कोहलपुरमा मृत्यु भएको हो ।

योसँगै बाँकेमा भाइरस संक्रमणबाट ३०६ र बाहिरी जिल्लाबाट उपचारका लागि आएका ३३० जनाको मृत्यु भएको छ ।

प्रकाशित मितिः शुक्रबार, जेष्ठ २८, २०७८     12:59:26 PM  |