27 May 2024  |   सोमवार, जेष्ठ १४, २०८१

बाँके आउँदै गरेको प्रहरीले भ्यानले मोटरसाइकललाई किच्यो, चालकको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, जेष्ठ २८, २०७८  

दाङ ।

दाङको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा प्रहरीको भ्यानले ठक्कर दिँदा एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ।

काठमाडौंबाट जिल्ला प्रहरी कार्यालय बाँके जाँदै गरिएको लु अ च ५३३४ नम्बरको प्रहरीको भ्यानले बिहीबार राति करिब १२ बजे भे १ प ८४२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

मोटरसाइकल चालकको पहिचान खुलेको छैन।

इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक भुवन भट्टले मृतकको पहिचान खुल्न बाँकी रहेको बताए। मोटरसाइकल चालक करिब २५ वर्षका युवक हुन्। मोटरसाइकललाई ठक्कर दिने प्रहरी भ्यान प्रहरीले नियन्त्रणमा राखेको छ।

प्रहरीको गाडीसँग ठोक्किएर मोटरसाइकल सडक छेउको विजुलीको पोलमा पनि ठक्कर खाएको थियो। मोटरसाइकल चालकको गल्ती देखिएको दाबी प्रहरीको छ। घटनाबारे अनुसन्धान भइरहेको उनले बताए।

प्रकाशित मितिः शुक्रबार, जेष्ठ २८, २०७८     1:01:56 PM  |