कोहलपुर ।
नेपालमा पछिल्लो २४ घण्टामा बिहीबार थप ३ हजार ७४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ९०१ नमुनाको पीसीआर परीक्षणमा २ हजार ८७४ र ५ हजार ३३७ जनाको एन्टिजेन परीक्षणमा ८७५ जना गरी ३ हजार ७४९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख १९ हजार ४०१ पुगेको छ ।
जसमध्ये ५ लाख १५ हजार ५९१ जना संक्रमणमुक्त भएका छन् भने ७७ हजार ८५८ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ५९ जनाको मृत्यु भएको थियो । हालसम्म मृत्यु हुनेको संख्या ८ हजार २३८ पुगेको बताइएको छ ।
पछिल्लो २४ घण्टामा ५ हजार २९३ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । यस्तै १० वर्ष मुनिका १०१ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २६५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सबैभन्दा धेरै काठमाडौंमा ५४०, झापामा १९२, सुनसरीमा १६६, ललितपुरमा १२५, मोरङमा १४३ र कास्कीमा ११२ जना कोरोना संक्रमित थपिएका थिए ।
यस्तै भक्तपुरमा ९९, रूपन्देहीमा ७७, नुवाकोटमा ७६, चितवनमा ७२, कैलालीमा ६३, धादिङमा ६२, लमजुङमा ६१, तनहुँ र नवलपरासीमा ६०-६० जनामा कोरोना संक्रमित थपिएका छन् । काभ्रेपलाञ्चोकमा ५९, उदयपुरमा ५८, धनुषामा ५१, संखुवासभामा ४९, गोरखामा ४६, मकवानपुरमा ४४, सर्लाही, सिन्धुली र रूकुम पश्चिममा ४३÷४३ जना, दोलखामा ३९, सिन्धुपाल्चोक र दाङमा ३८-३८ जना, रसुवामा ३७ र नवलपरासी पश्चिममा ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यस्तै खोटाङ र डोटीमा २९-२९ जना,सिरहा र पाल्पामा २६-२६ जना, रोल्पामा २५, सुर्खेतमा २४, सप्तरीमा २०, बर्दियामा १८,बाँकेमा १६, महोत्तरीमा १५, कञ्चनपुरमा १३ र रौतहटमा ११ जनामा कोरोना संक्रमण देखिएको हो ।
स्याङजा र कपिलवस्तुमा ९-९ जना, धनकुटामा ८, डडेलधुरामा ७, रामेछाप, जुम्ला र दैलेखमा ७-७ जना, इलाममा ५, बारा, अर्घाखाँची र दार्चुलामा बैतडीमा ३-३ जना, तेह्रथुम, भोजपुर, सोलुखुम्बु,प्युठान र सल्यानमा २-२ जना तथा ओखलढुंगा,पाँचथर, पर्सा, पर्वत, मुस्ताङ, म्याग्दी, गुल्मी, कालिकोट र अछाममा १÷१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्