सशस्त्रले सीमामा बढायो निगरानी



कोहलपुर ।

बर्दियामा भारतसँग सीमा जोडिएका ईलाकामा सशस्त्र प्रहरीले निगरानी बढाएको छ । सीमा सुरक्षा चुस्तदुस्त राख्नको लागि सशस्त्र प्रहरीले भारतसँग सीमा क्षेत्रमा आफ्नो उपस्थिती अझै बढाएको हो । सीमा क्षेत्रमा रहेका विओपी तथा फरवार्ड बेशहरुबाट सीमा ईलाका निगरानी बढाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण, बर्दियाले जनाएको छ ।

सीमा रहेका सशस्त्र विभिन्न युनिटहरुले अहिले कोरोना नियन्त्रणको लागि सीमावर्ती क्षेत्रमा हुनसक्ने आवतजावत नियन्त्रण गरिरहेका छन् । भन्सारी छली गर्दै हुने चोरी तस्करी नियन्त्रणको लागि समेत सशस्त्र प्रहरीले आफ्नो सक्रियता बढाएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण, बर्दियाले जनाएको छ ।

सोही क्रममा चोरी तस्करी गरि अवैध रुपमा नेपाल भित्र्याउँदै गरेका विभिन्न सामानहरु बरामद समेत गरेको थियो । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण, बर्दियाका अनुसार भारतबाट भन्सार छली गरेको ल्याउँदै गरेको अवस्थामा ६० हजार बढी मुल्यको अवैध सामान सीमा खटिएका युनिटहरुले बरामद गरेका हुन् ।

ती सामानहरुलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय गुलरिया बर्दियामा बुझाईएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण, बर्दियाले जनाएको छ । निषेधाज्ञाको मौका छोपेर भारतबाट भन्सार छली गरेर तस्कहरुले अहिले नेपालमा विभिन्न सामानहरु ल्याइरहेका छन् । सोही कुरालाई मध्यनजर गरेर सीमा क्षेत्रमा निगरानी बढाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण, बर्दियाले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ जेठ २८ गते शुक्रबार