कोहलपुर ।
कोरोना संक्रमणदर कम हुँदै गएको बाँकेमा कोरोना परीक्षण गर्ने समेत घटेका छन् । जिल्लाका तीन प्रयोगशालामा पछिल्लो समय जिल्लाका मानिसहरुको कम कोरोना परीक्षण हुने गरेको छ । कोरोना परीक्षण गरेकामध्ये पनि बाँकेका संक्रमितको संख्या कम देखिन्छ । पछिल्लो २४ घण्टामा बिहीबार जिल्लाका तीन प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा बाँकेका ५ जनामा मात्र संक्रमण पुष्टि भएको थियो ।
जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार तीन प्रयोगशालामा १ सय ७६ नमूना परीक्षण गर्दा २७ मा संक्रमण देखिएको हो । २७ जनामध्ये पनि बाँके जिल्लाका भित्रका ५ जना मात्र संक्रमित रहेको उनले जानकारी दिए । तीमध्ये २ महिला र ३ पुरुष रहेका छन् । भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा १ महिला र ३ पुरुष गरेर ४ जना तथा मेडिकल कलेज कोहलपुरमा गरिएको परीक्षणमा १ महिलामा संक्रमण देखिएको थियो । योसँगै बाँकेमा कोरोना संक्रमितको कुल संख्या १७ हजार ३ सय ७ पुगेको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेको तथ्यांकमा उल्लेख रहेको छ ।
तीमध्ये ७ हजार ३ सय ६५ महिला र ९ हजार ९ सय ४२ पुरुष रहेका छन् । बिहीबार बाँकेका प्रयोगशालामा गरिएको परीक्षणमा बाहिरी जिल्लाका ७ महिला र १५ पुरुष गरेर २२ जनामा संक्रमण पुष्टि भएको थियो । पछिल्लो २४ घण्टामा जिल्लामा ५ नयाँ संक्रमित थपिदाँ १९ जना कोरोना जितेर डिस्चार्ज भएका थिए ।
जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेका फोकल पर्सन ओली अनुसार कोरोना जितेर डिस्चार्ज हुनेहरुमा ७ महिला र १२ पुरुष रहेका छन् । योसँगै बाँकेमा कोरोना जित्नेहरुको कुल संख्या ७ हजार १ सय १८ महिला र ९ हजार ६ सय १० पुरुष गरेर १६ हजार ७ सय २८ पुगेको छ । पछिल्ला दिनहरुमा थपिने भन्दा डिस्चार्ज हुनेहरुको संख्या बढिरहेकोले सक्रिय संक्रमितको संख्या तीन अंकबाट दुई अंकमा झर्न थालेको फोकल पर्सन ओलीले जानकारी दिए ।
बाँके जिल्लामा बिहीबार साँझसम्म जिल्ला भित्र र बाहिरी जिल्लाका गरेर ४ सय १५ संक्रमितको उपचार भइरहेको थियो । जिल्लाका १ सय १८ महिला र १ सय ५६ पुरुष गरेर २ सय ७४ जना तथा बाहिरी जिल्लाका १ सय ४१ सक्रिय संक्रमित रहेका थिए । जिल्लाका र बाहिरी जिल्लाका ५२ महिला र १ सय १६ पुरुष गरेर १ सय ६८ जनाको अस्पताल र आइसोलेसन सेन्टरमा रहेको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेको तथ्यांकमा उल्लेख रहेको छ । पछिल्लो २४ घण्टामा बाँके भित्रका संक्रमितको मृत्यु हुने संख्या शून्य रहेको थियो ।
तर बाँकेका अस्पतालमा उपचारत बाहिरी जिल्लाका ४ संक्रमित पुरुषको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेको तथ्यांकमा उल्लेख रहेको छ । अहिलेसम्म बाँके भित्रका १ सय २९ महिला र १ सय ७६ पुरुष गरेर ३ सय ५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ । बाहिरी जिल्लाबाट उपचारका लागि रिफर भएर आएका १ सय १ महिला र २ सय २७ पुरुष गरेर ३ सय २८ जनाको मृत्यु भएको छ । अहिलेसम्म जिल्लाभित्र र बाहिरी जिल्ला गरेर ६ सय ३३ जनाको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेका फोकल पर्सन ओलीले बताए ।
प्रतिक्रिया दिनुहोस्