8 December 2021  |   बिहिबार, मंसिर २३, २०७८

बाँसगढीमा कारले चार साइकल र एक मोटरसाइकललाई ठक्कर दियो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, जेष्ठ २७, २०७८  

मधुर पौडेल ।

बर्दियाको बाँसगढीमा कारले चार साइकल र एक मोटरसाइकललाई ठक्कर दिएको छ ।

बर्दियाको मैनापोखरदेखि बाँसगढी आइरहेको बा २० च १६३३ नम्बरको कारले बाँसगढी नगरपालिका ५, प्रगतीनगरमा रोकिराखेका साइकल र मोटरसाइकललाई ठक्कर दिएको हो ।

ठक्करबाट साइकलमा सवार आमा छोरा घाइते भएका छन् ।

ईलाका प्रहरी कार्यालय मोतिपुरका अनुसार साइकलमा आमासँगै रहेको ६ वर्षीय गुुञ्जन बुढाथोकी गम्भीर घाइते भएका छन् । आमा भने सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

अहिले दुर्घटनास्थलमा प्रहरी पुगेको छ ।

प्रकाशित मितिः बिहिबार, जेष्ठ २७, २०७८     6:25:01 PM  |