19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

मोडल निशा घिमिरेको अवस्था नाजुक

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, जेष्ठ २७, २०७८  

काठमाडौं । नेपाली कला क्षेत्रमा जम्दै गरेको एउटा नाम हो निशा घिमिरे । कुनै बेला चमकधमक रहेको उनको जिन्दगी अहिले बेसहारा बनेको छ । निकै नै दयनीय अवस्थामा उनलाई देख्न सकिन्छ । उनको अहिलेको यो अवस्था देख्दा निस्शब्द नुहने सायदैं होलान् ।

कुनै समय सिनेमाको रंगीन दुनियाँमा आफ्नो पहिचान बनाउन संघर्षरत अभिनेत्री हुन् निशा घिमिरे । तीन दर्जनभन्दा बढी म्युजिक भिडियो, केही टेलसिरियल तथा छोटा फिल्महरुमा आफ्नो प्रतिभालाई धेरथोर उनले प्रस्तुत गरिसकेकी छन् । ललितपुर कालेश्वर, बतासेकी उनी यसक्षेत्रमा केही गरेरै छोडने

अठोटका साथ लागि परेकी थिइन् । भविष्यमा एक सफल कलाकार बनेर आमदर्शकमाँझ चिनिने उनी यतिखेर चकनाचुर भयो ।

अढाई वर्ष अघि मोडलिङ पढ्न देहरादुन पुगेकी निशाको त्यहाँ सडक दुर्घटनामा परी ‘ब्रेन इञ्जुरी’ भएको थियो ।निशाका बुवा राजु घिमिरेका अनुसार बिहीबार दिउँसो निशालाई नर्भिकमा भर्ना गरिएको छ । ‘देहरादुनमा दुर्घटना भएपछि त्यहाँ प्रारम्भिक उपचार गरेर काठमाडौंको ट्रमा सेन्टरमा ल्याई बाँकी उपचार गर्यो । त्यसपछि छोरीलाई घरमा लगेर रेखदेख गरिरहेका थियौं’, राजुले भने ।

राजुले हालसम्म निशाको उपचारमा करिब ३० लाख रुपैंयाँ खर्च भइसकेको बताए । ‘सुरुमा छोरीको उपचारका लागि आर्थिक सहयोग पनि प्राप्त भइरहेको थियो । पछि हामी आफैंले पनि उपचार गर्यौ’, उनले भने ।घरका चार सन्तानमध्ये निशा कान्छी हुन् । बाल्यकालदेखि नै मोडल बन्ने चाहना राखेकी उनले तीन दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् ।निशाका बुवा राजु घिमिरेका अनुसार भयोको पैसा उपचारमा खर्च भयो । अब सबैको सहयोगको अपेक्षा गरेको छौ ।

भनिन्छ कलाकार देशका गहना । कलाकारले देशलाई चिनाई रहेका हुन्छन तर विडम्बना जब कलाकारलाई गाहो सारो पर्छ । तब कानमा तेल हालेर बस्छ देश । धेरै कलाकारहरुले सरकारले नहेरेको गुनासो गरेका छन । अहिले एस्तै पिडामा छिन मोडल निशा घिमिरे ।

प्रकाशित मितिः बिहिबार, जेष्ठ २७, २०७८     3:35:42 PM  |