पाकिस्तानी अभिनेत्रीमाथि इन्स्टा लाइभमै यौनहिंसा



पाकिस्तानकी अभिनेत्री हानिया आमिरमाथि गत शुक्रबार इन्स्टाग्राम लाइभमै यौनहिंसा भएको छ।

इन्स्टाग्राममा ४२ लाख फलोवर भएकी हानिया आफ्ना फ्यानहरुसँग इन्स्टा लाइभमा भिडिओमै कुराकानी गरिरहेकी थिइन्।

सुरुवातमा उनको फ्यानसँग रमाइलो कुराकानी भइरहेको थियो। तर जब उनले एक पुरुषको भिडिओ रिक्वेस्ट एसेप्ट गरिन्, उनी तीनछक्क परिन्।

भिडिओमा उनको फोटो देखिएको थियो। तर जब उनले सो भिडिओमा एक पुरुषले आफ्नो फोटोमाथि हस्तमैथुन गरेको देखिन उनले हतार–हतार भिडिओ लाइभ बन्द गरिन्।

यद्यपी उनका फ्यानले यो भिडिओ रेकर्ड गरिरहेका रहेछन्। जसका कारण हानियासँग भिडिओ कुराकानी गर्ने पुरुषले हस्तमैथुन गरेको भिडिओ सामाजिक संजालमा पोस्ट भयो।

यो घटनासँगै हानियाले इन्स्टामा रुँदै आफूमाथि भएको हिंसाको विषयमा बोलेकी छिन्। उनले दोषीलाई कारवाही हुनुपर्ने माग गरेकी छिन्।

उनलाई केही प्रयोगकर्ताले प्रहरीमा खबर गर्न भनेका छन् भने केहीले आफ्नै गल्तीले यो क्षण निम्तिएको बताएका छन्।

सेलिब्रिटिले सामाजिक संजालमा त्यसरी जो पाए त्यही व्यक्तिसँग बोल्न नहुने आवाज पनि उठेको छ। बीबीसी

  • No tags available
प्रकाशित मिति : २०७८ जेठ २७ गते बिहीबार