कोहलपुर ।
बुधबार पछिल्लो २४ घण्टामा बाँकेमा थप १७ कोरोना संक्रमित थपिएका छन् । जिल्लाका दुई प्रयोगशालामा गरिएको परीक्षणमा ८ महिला र ९ पुरुष गरेर १७ जनामा संक्रमण देखिएको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेले जनाएको छ ।
भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा ७ महिला र ८ पुरुष गरेर १५ तथा मेडिकल कलेज कोहलपुरको ल्याबमा गरिएको परीक्षणमा १ महिला र १ पुरुष गरी २ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै बाँकेमा कुल कोरोना संक्रमितको संख्या १७ हजार ३ सय २ पुगेको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए ।
उनका अनुसार जिल्लाका ७ हजार ३ सय ६३ महिला र ९ हजार ९ सय ३९ पुरुषमा संक्रमण पुष्टि भएको थियो । बुधबार बाँकेका प्रयोगशालामा गरिएको परीक्षणमा बाहिरी जिल्लाका ११ महिला र २१ पुरुष गरेर ३२ जनामा संक्रमण देखिएको थियो । पछिल्लो २४ घण्टामा १७ नयाँ १७ संक्रमित थपिदाँ थप २६ जना कोरोना जितेर घर फर्किएका थिए ।
११ महिला र १५ पुरुष गरेर २६ जना कोरोना जितेपछि डिस्चार्ज भएको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेका फोकल पर्सन ओलीले बताए । उनका अनुसार योसँगै बाँकेमा कोरोना जित्नेहरुको संख्या १६ हजार ७ सय ९ पुगेको छ । कोरोना जित्नेहरुमा ७ हजार १ सय ११ महिला र ९ हजार ५ सय ९८ पुरुष रहेका छन् ।
पछिल्ला दिनहरुमा कोरोना जितेर घर फर्किनेहरुको संख्या धेरै रहेको बताइएको छ । बुधबारसम्म बाँकेमा सक्रिय संक्रमितको संख्या १ सय २३ महिला र १ सय ६५ पुरुष गरेर २ सय ८८ मात्र रहेको थियो । बाँकेमा बाहिरी जिल्लाका १ सय ७३ जनाको सक्रिय संक्रमितहरु रहेको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेले जनाएको छ ।
तीमध्ये १ सय ५१ महिला र १ सय ४५ गरेर २ सय ९६ जना होम आइसोलेसनमा रहेका थिए । यसमा जिल्ला भित्र र बाहिरी जिल्ला दुवै संक्रमितको संख्या समेत जोडिएको छ । १ सय ६५ जना अस्पताल तथा आइसोलेसन सेन्टरमा रहेको बताइएको छ । पछिल्लो २४ घण्टामा बाँकेमा अस्पतालहरुमा जिल्लाभित्रका २ र बाहिरी जिल्लाका २ जना गरेर थप ४ जनाको उपचारका क्रममा मृत्यु भएको थियो ।
बाँकेका १ महिला र १ पुरुष गरी २ जना तथा बाहिरी जिल्लाका १ महिला र १ पुरुष गरी २ जनाको उपचारकै क्रममा मृत्यु भएको हो । योसँगै अहिलेसम्म बाँके भित्रका १ सय २९ महिला र १ सय ७६ पुरुष गरेर ३ सय ५ जना संक्रमितको मृत्यु भइसकेको छ ।
बाहिरी जिल्लाबाट रिफर भएका आएका १ सय १ महिला र २ सय २३ पुरुष गरेर ३ सय २४ जनाको उपचारकै क्रममा मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेका फोकल पर्सन ओलीले जानकारी दिए । अहिलेसम्म बाँकेमा जिल्लाभित्र र बाहिरका गरेर ६ सय २९ संक्रमितको उपचारका क्रममा मृत्यु भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्