27 May 2024  |   सोमवार, जेष्ठ १४, २०८१

कोभिडलाई मुख्य प्राथमिकता दिएका छौँ : मन्त्री कल्पना पाण्डे

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, जेष्ठ २७, २०७८  

लुम्बिनी प्रदेश सरकारले नयाँ आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । विपक्षी गठबन्धनको बहिस्कारका बाबजुत सरकारले नयाँ नीति तथा कार्यक्रम ल्याएको हो । सरकारले असार १ गते बजेट ल्याउनु पूर्व नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गर्नुपर्ने कानुनी अडचन रहेको छ । तर लुम्बिनी प्रदेशमा सत्ताधारी एमाले बाहेक अन्य दलले नीति तथा कार्यक्रम स्वीकार गरेका छैनन् । विपक्षी गठबन्धनले नीति तथा कार्यक्रम स्वीकार गर्ने बताएको छ । यस्तै सरकारले बजेट समेत ल्याउने भएकोले आगामी दिनमा कसरी अघि बढ्ने भनेर साझा छलफल समेत गर्न लागेको छ । विपक्षी गठबन्धनका अनुसार शंकर पोखरेल नेतृत्वको वर्तमान सरकार असंवैधानिक हो । सरकार हो । यसले कानुनी कार्य गर्न पाउँदैन । विरोधका बाबजुत प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखिएको छ । नीति तथा कार्यक्रममा कोरोना महामारी नियन्त्रण, कोरोना महामारीले थलिएको अर्थतन्त्रलाई उकास्ने, पुराना र अधुरा योजनाको निरन्तरतालाई प्राथमिकतामा राखिएको प्रवक्ता चौधरीले बताए । ‘यसपटक खासै नयाँ कार्यक्रम हुने छैनन्, मूलरूपमा कोरोना नियन्त्रण, कोरोनाले अर्थमन्त्रमा पारेको असर न्यूनीकरण गर्ने गरी समावेश गरिएको छ । सरकारले ल्याएको नीति तथा कार्यक्रमका विषयमा हामीले लुम्बिनी प्रदेशमा प्रतिनिधित्व गर्ने विभिन्न दलका सांसदहरुलाई लुम्बिनी प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम कस्तो आयो भन्ने विषयमा जिज्ञासा राखेका छौँ, प्रस्तुत छ, मिसन टुडे दैनिकका लागि शुभाकर विश्वर्माले प्रदेश सांसदहरुसँग राखेको जिज्ञासामा उनीहरुको जवाफको सम्पादित अंश :

               कल्पना पाण्डे
                   मन्त्री
उद्योग, वन तथा वातावरण मन्त्रालय

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । यो नीति तथा कार्यक्रम निकै राम्रो आएको छ । हामीले कोभिडलाई मुख्य प्राथमिकता दिएका छौँ । यस्तै शिक्षा र कृषिलाई पनि विशेष जोड दिइएको छ । पहिला जसरी आएको थियो । अहिले पनि त्यसरी नै बजेट आएको छ । प्रदेशको आवधिक योजनालाई टेकेर नीति ल्याइएको छ । क्रमागत योजनालाई निरन्तरता दिएका छौँ । प्रदेश समृद्धिका सम्भावनाका ढोका खोल्ने खालका कार्यक्रमहरु आएका छन् । नीति तथा कार्यक्रमको सन्दर्भमा मैले सम्हालीरहेको मन्त्रालयका पनि थुप्रै राम्रा कार्यक्रम हामीले यसमा समेटेका छौँ । नीति तथा कार्यक्रममा प्रदेश कागज उद्योग सञ्चालन, जडिबुटी प्रशोधन र बजारीकरण, नमूना कृषि वन कार्यक्रम रहेका छन् । उद्योगलाई पनि समेटिएको अवस्था छ । सञ्चालन गरी रोजगारी सिर्जना गर्ने लक्ष्य रहेको छ । लघु उद्यमलाई प्राथमिकताका साथ अघि बढाइएको अवस्था छ । विदेशबाट आएका युवालाई स्वदेशलाई रोजगारी सिर्जना गर्ने कार्यक्रम समेत समेटेको अवस्था छ । सोही अनुसार बजेट समेत हामी विनियोजन गर्छौँ ।

प्रकाशित मितिः बिहिबार, जेष्ठ २७, २०७८     7:41:08 AM  |