1 May 2024  |   बिहिबार, बैशाख २०, २०८१

१६ हजारभन्दा धेरैकाे नमुना परीक्षण गर्दा ४ हजार ३ सय ४४ जनामा काेराेना सङ्क्रमण

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, जेष्ठ २६, २०७८  

काठमाण्डाै – गएको २४ घण्टामा देशभर चार हजार तीन सय ४४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १२ हजार ७४ जनाको पीसीआर परीक्षण गर्दा तीन हजार चार सय ४९ जनामा र चार हजार पाँच सय ६८ जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा आठ सय ९५ जनामा सङ्क्रमण पाइएको छ ।आज देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ८० हजार तीन सय ३६ पुगेको छ ।

यसमध्ये ७४ हजार आठ सय ३८ जना होम आइसोलेनशमा छन् ।यस्तै गएको २४ घण्टामा काठमाण्डौ उपत्यकामा नाै सय १५ जनामा सङ्क्रमण पाइएको छ । काठमाण्डौमा ६ यस ७९, भक्तपुरमा ८५ र ललितपुरका एक सय ५१ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै गएको २४ घण्टामा पाँच हजार सात सय ६८ जना कोरोनामुक्त भएका छन् । अहिले कोरोनामुक्त हुने दर ८५ दशमलव २ प्रतिशत पुगेको छ ।यस्तै कोरोना भाइरसकाे सङ्क्रमणका कारण थप ८१ जनाको ज्यान गएको छ ।

प्रकाशित मितिः बुधबार, जेष्ठ २६, २०७८     5:01:21 PM  |