26 July 2024  |   शुक्रबार, साउन ११, २०८१

५ सय किलोमिटर हिँडिसकेका गन्तव्यविहीन हात्तीहरुले गरे आराम (तस्बिरहरु)

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, जेष्ठ २६, २०७८  

चीनका १५ हात्तीहरु गन्तव्यविहीन यात्रामा निस्किएको एक वर्षभन्दा बढी भइसकेको छ।

यी हात्तीहरुले गत वर्षदेखि हालसम्म ५ हजार किलोमिटरको यात्रा तय गरिसकेका छन्। रोचक के भने यी हात्तीहरु कहाँ हिँडेको भनेर हालसम्म पत्ता लाग्न सकेको छैन।

१५ महिनाको हिँडाइपछि सोमबार हात्तीहरुले आराम गरेको चिनियाँ संचारमाध्यमले जनाएका छन्। हाल हात्तीहरलाई २४ घण्टा नै निगरानी गरिएको छ।

यी हात्तीहरुले सियाङको गाउँ वरपर आराम गरेको बताइएको छ। हात्तीलाई बस्तीमा पस्न नदिन तथा तिनीहरुको निगरानी गर्न ४१० मानिसहरु, ३७४ सवारी साधन र १४ वटा ड्रोन खटाइएको छ।

सीसीटीभीका अनुसार मंगलबार बिहानदेखि हात्तीहरुले फेरि यात्रा सुरुवात गरेका छन्। सीसीटीभीका अनुसार ड्रोनले खिचेका तस्बिरमा हात्तीहरुले आराम गरेको र यात्रामा निस्किएको देखिएको छ।

यी हात्तीहरुलाई मानवबस्तीमा पस्न नदिनको लागि निगरानीका लागि खटेका मानिसहरुले पर्याप्त खाना हात्ती नजिक छाड्ने गरेका छन्।

सिन्ह्वाका अनुसार गतवर्ष १६ हात्तीले बासस्थान छाडेर हिँडेका थिए। सो क्रममा एउटा हात्तीले एक छावालाई जन्म दिएको थियो। १७ मध्ये फेरि दुई हात्ती जंगल नै फर्किएपछि यतिबेला १५ हात्तीले मात्र गन्तव्यविहीन यात्रा गरिरहेका हुन्।

सोमबार एउटा नर हात्ती समूहबाट टाढिएको थियो। तर यतिबेला त्यो हात्ती समूहमै फर्किएको छ।हाल चिनियाँ हात्तीहरुकाे यस गन्तव्यविहीन यात्राकाे विषय अन्तराष्ट्रिय चासाे बनिसकेकाे छ।

Sleeping elephants

Elephants in Eshan

15 Chinese elephants are on a long march north. Why, no one knows | World  News,The Indian Express

Chinese elephant herd hits the road on quest through urban jungle | South  China Morning Post

China's wandering elephants becoming international stars | World News,The  Indian Express

Monssi Limited — Blog

प्रकाशित मितिः बुधबार, जेष्ठ २६, २०७८     3:26:44 PM  |