बाँकेमा पछिल्लो २४ घण्टामा थप २८ मा संक्रमण पुष्टि भएको छ । जिल्लाका दुई प्रयोगशालामा गरिएको परीक्षणमा १३ महिला र १५ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १० महिला र १३ पुरुष गरी २३ जना तथा बागेश्वरीको ल्याबमा गरिएको परीक्षणमा ३ महिला र २ पुरुष गरेर ५ जनामा संक्रमण पुष्टि भएको थियो ।
योसँगै बाँकेमा कुल कोरोना संक्रमितको संख्या १७ हजार २ सय ८५ पुगेको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए ।
उनका अनुसार तीमध्ये ७ हजार ३ सय ५५ महिला र ९ हजार ९ सय ३० पुरुष रहेका छन् ।
मंगलबार जिल्लाका प्रयोगशालामा गरिएको परीक्षणमा बाहिरी जिल्लाका ३५ महिला र ५२ पुरुष गरेर ८७ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेले जारी गरेको तथ्यांकमा उल्लेख रहेको छ । पछिल्लो २४ घण्टामा नयाँ २८ संक्रमित थपिदाँ २८ जना नै कोरोना संक्रमण जितेर डिस्चार्ज भएका थिए ।
९ महिला र १९ पुरुष कोरोना जितेर डिस्चार्ज भएको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेका फोकल पर्सन ओलीले जानकारी दिए । योसँगै बाँकेमा कोरोना जित्नेहरुको संख्या १६ हजार ६ सय ८३ पुगेको छ ।
कोरोना जित्नेहरुमा ७ हजार १ सय महिला र ९ हजार ५ सय ८३ पुरुष रहेको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेले जनाएको छ । ‘जेठको पहिलो सातादेखि जिल्लामा कोरोना जित्नेहरुको संख्या बढेको हो’ फोकल पर्सन ओली भने, ‘संक्रमितहरु निको हुने क्रम अहिले पनि जारी रहेको छ ।’
पछिल्लो ४८ घण्टामा बाँकेका एक जना मात्र कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको थियो । स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेशबाबु श्रेष्ठले एक पुरुषको मृत्यु भएको जानकारी दिए ।
पछिल्लो २४ घण्टामा जिल्लाका अस्पतालमा बाहिरी जिल्लाका ३ पुरुषको उपचारका क्रममा मृत्यु भएको थियो । बाँकेका अस्पतालमा अहिलेसम्म उपचारका क्रममा जिल्लाभित्रका १ सय २८ महिला र १ सय ७५ पुरुष गरेर ३ सय ३ जनाको मृत्यु भइसकेको छ ।
त्यसैगरी बाहिरी जिल्लाबाट उपचारका लागि आएका एक सय महिला र २ सय २२ पुरुष गरेर ३ सय २२ जनाको मृत्यु भइसकेको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेले जनाएको छ ।
अहिलेसम्म जिल्लाभित्र र बाहिरी जिल्लाका गरेर उपचारका क्रममा ६ सय २५ संक्रमितको मृत्यु भइसकेको छ । तीमध्ये २ सय २८ महिला र ३ सय ९७ पुरुष रहेको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेका फोकल पर्सन ओलीले जानकारी दिए ।
मंगलबारसम्म बाँकेमा सक्रिय संक्रमितको संख्या २ सय २९९ मात्र रहेको थिए । ‘१ सय २७ महिला र १ सय ७२ पुरुष गरेर २ सय ९९ सक्रिय संक्रमित हुनुहुन्छ’ फोकल पर्सन ओलीले भने, ‘तीमध्ये अधिकांश अहिले होम आइसोलेसन बस्नुभएको छ ।’
केही दिनमा जिल्लामा सक्रिय संक्रमितको संख्या दुई अंकमा झर्ने उनले जानकारी दिए । सक्रिय संक्रमितमध्ये होम आइसोलेसनमा ३ सय ११ जना रहेका थिए । होम आइसोलेसनमा रहेकामध्ये १ सय ५१ महिला र १ सय ६० पुरुष हुन् ।
बाहिरी जिल्लाका २ सय २५ संक्रमितको बाँकेमा उपचार भइरहेको थियो । अस्पताल आइसोलेसनमा ५२ महिला र १ सय १६ पुरुष गरेर १ सय ६८ जना रहेको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेको तथ्यांकमा उल्लेख रहेको छ ।
प्रतिक्रिया दिनुहोस्