बाँकेमा निषेधाज्ञाको अवज्ञा, खुले व्यापार व्यवसाय



कोहलपुर ।

बाँकेमा कोरोना संक्रमणदर घटेसँगै उद्योग व्यवसाय खोल्न थालेका छन् । स्थानीय प्रशासनले निषेधाज्ञाको अवधि जेठ ३१ गतेसम्म बढाएपनि जिल्लामा निषेधाज्ञाको अवज्ञा हुन थालिसकेको छ ।

लगातारको निषेधाज्ञाले आजित भएका उद्योग व्यवसायीहरुले निषेधाज्ञाको अवज्ञा गर्दै व्यापार व्यवसाय खोल्न थालिसकेका छन् । ग्राहकहरु खासै नआएपनि पसलहरु भने खोलेको नेपालगञ्ज, कोहलपुर, खजुरा लगायतका बजारमा देख्न पाइन्छ ।

बाँकेमा कोरोना सक्रिय संक्रमितको संख्या २ सयभन्दा तल रहेको अवस्थामा समेत निषेधाज्ञा नहटाएको भन्दै व्यवसायीहरुले आफ्ना पसलहरु खोलेका हुन् ।

स्थानीय प्रशासनले बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म दैनिक उपभोग्य बस्तुका पसलहरु खोल्न अनुमती दिएपनि अहिले भने सबै प्रकारका पसलहरु खुलिरहेका छन् ।

संयुक्त अनुगमन

नेपालगञ्जमा स्थानीय प्रशासन, सुरक्षा निकाय, नेपालगन्ज उद्योग व्यापार संघलगायतको संयुक्त प्रयासमा स्वास्थ्यका मापदण्ड प्रयोग गर्दै क्रमिक रुपमा खुकुलो पार्दै लगिएको निषेधाज्ञाको अनुगमन गरिएको थियो ।

बाँकेका ८ वटा स्थानीय तहमध्ये सबै भन्दा बढी कोरोना संक्रमित भएको नेपालगञ्जमा संक्रमणको दर घट्दो क्रममा रहेकोले निषेधाज्ञा खुकुलो पार्दै लगिएपछि बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायको नेतृतवमा, नेपालगञ्ज उद्योग बाणिज संघका पदाधिकारी, बाँकेका सुरक्षा निकायका प्रमुखलगायतको सहभागिता थियो

  • No tags available
प्रकाशित मिति : २०७८ जेठ २६ गते बुधबार