21 June 2021  |   सोमवार, असार ७, २०७८

सुत्केरी महिला वास्तविक उमेरभन्दा किन बढी देखिन्छन् ?

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, जेष्ठ २६, २०७८  

क्यालिफोर्निया ।

बच्चा जन्मिएको सुरुवाती ६ महिनामा सुत्केरी महिला आफ्नो वास्तविक उमेरभन्दा तीनदेखि सात वर्षसम्म जेठी देखिने एउटा अध्ययनले देखाएको छ ।

अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाको एक अध्ययनले निकालेको निष्कर्ष यो छ कि नवजात शिशुको हेरविचार गर्दा र उनीहरूको स्वास्थ्यमा गम्भीर असर पर्दा यस्तो देखिएको हो ।

यो शोधको अध्ययन गर्ने दलमा डा. जुडिथ क्यारोल पनि थिइन् । उनले भनेकी छन्, ‘बच्चा जन्मेपछि आमाको स्वतन्त्र जीवन नै हुँदैन, उनीहरूको हेरविचारमै आमाको समय बित्छ, जस्तै: आधा रातमा बच्चालाई दूध खुवाउनु, उनीहरूको डायपर फेर्नु आदि ।

हेरविचारमा पर्याप्त समय दिनुपर्ने भएकाले आमाको निद्रा पनि पूरा हुन पाउँदैन । जसले गर्दा आमाको वास्तविक उमेरभन्दा धेरै बढी देखिन गएको हो ।’

अध्ययनको निष्कर्ष यो पनि छ कि बच्चा जन्मिसकेपछि बच्चाका आमाले शिशुको स्याहारमा बढी समय बिताउनुुपर्ने हुनाले थकान पनि बढी हुन जान्छ । त्यसैले मौका पाउनेबित्तिक्कै सुतिहाल्नुपर्छ ।

यसले पनि थकान घटाउन धेरै मद्धत गर्छ । अर्काे कुरा, शिशुको स्याहारमा आफू मात्र होइन, परिवारका अरू सदस्यले पनि सघाउनुपर्छ । यसले सुत्केरी महिलामा बढी भार पर्न कम हुन्छ ।

अध्ययनका क्रममा सो टोलीले एक वर्षका बच्चाका ३३ आमामाथि सोधपुछ गरिएको थियो । जसअन्तर्गत बच्चा जन्मिएपछि कति निदाउनुभयो भनेर पनि सोधिएको थियो । तीमध्ये आधाले पर्याप्त सुत्न नपाएको जवाफ दिएका थिए ।

यस्तै, अनुसन्धानका लागि उनीहरूको रगतको नमुना पनि लिइएको थियो । जसबाट उनीहरूको उमेरमा तीव्र रूपमा वृद्धि भएको, अन्य रोगको संकेत पनि देखिएको थियो ।

अध्ययनको निष्कर्ष यो पनि छ कि, बच्चा जन्मिएको सुरुको ६ महिना निकै महŒवपूर्ण छ । यतिबेला निद्राको अभावमा रोगको खतरा पनि बढ्छ । त्यसपछिका महिनामा भने निद्राको अभावको खासै प्रभाव देखिएन ।

प्रकाशित मितिः बुधबार, जेष्ठ २६, २०७८     2:47:58 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *