25 April 2024  |   बिहिबार, बैशाख १३, २०८१

देशभर ६५७० संक्रमणमुक्त, पछिल्लो २४ घण्टामा थप ५१५३ संक्रमित

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, जेष्ठ २६, २०७८  

कोहलपुर ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार १ सय ५३ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १२ हजार ६५ पीसीआर परीक्षणमा ३ हजार ८ सय ७० र ५ हजार ६ सय ११ एन्टिजेन परीक्षणमा १ हजार २ सय ८३ जना गरी कुल ५ हजार १ सय ५३ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ११ हजार ३०८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो अवधिमा कोरोना संक्रमणका कारण १ सय ८ जनाको मृत्यु भएको थियो । देशभर पछिल्लो २४ घण्टामा ६ हजार ५ सय ७० जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांकमा उल्लेख रहेको छ ।

योसँगै नेपालमा ५ लाख ४५ हजार ३० जना संक्रमितले कोरोना जितिसकेका छन् । मंगलबारसम्म देशभर सक्रिय संक्रमितको संख्या ८२ हजार ७३६ रहेको मन्त्रालयले जनाएको छ । अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट ८ हजार ९८ जनाको मृत्यु भइसकेको छ । यस्तै १० वर्षमुनिका १०५ बाबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

सबैभन्दा धेरै काठमाडौंमा ८३६, झापामा ३१८, ललितपुरमा २६९, कास्कीमा २२०, मोरङमा १९१, सुनसरीमा १७१, भक्तपुरमा १२१, कैलालीमा १२०, मकवानपुरमा १०६ र सुर्खेतमा १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यस्तै पाल्पामा ९५, चितवनमा ८४, सर्लाहीमा ८२, रूपन्देहीमा ६८, दाङमा ६५, नुवाकोटमा ६२, दोलखामा ६०, सिन्धुलीमा ५२, गोरखामा ४९, काभ्रेपलाञ्चोकमा ४६, धादिङमा ४५, सिरहा र रसुवामा ४०-४० जना कोरोना संक्रमित थपिएका हुन् ।

तनहुँमा ३७, सिन्धुपाल्चोकमा ३३, रोल्पामा २९, सप्तरीमा २६, बैतडीमा २५, कञ्चनपुरमा २४, महोत्तरीमा २३, डोटीमा २२, कपिलवस्तुमा १९, नवलपरासी पूर्व, बाँकेमा १२ तथा धनकुटा, रौतहट, रामेछाप र दैलेखमा ११-११ जनामा कोरोना संक्रमण देखिएको हो । यस्तै ओखलढुंगा, र अछाममा ९-९ जना, बारा, अर्घाखाँची, गुल्मी र जुम्लामा ८-८ जना, इलाम, उदयपुर र बर्दियामा ७-७ जना, भोजपुर र पर्सामा ५-५ जना, सोलुखुम्बु र कालिकोटमा ४-४ जना, तेह्रथुममा ३, खोटाङ, ताप्लेजुङ, संखुवासभा, प्युठान र रूकुम पश्चिममा २-२ जना तथा पाँचथर र सल्यानमा १-१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मितिः बुधबार, जेष्ठ २६, २०७८     7:55:35 AM  |