नेपालगञ्ज ।
जिल्ला प्रहरी कार्यालय बाँकेले थप एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । चोरी मुद्दामा फरार रहेका एक पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर रानाले जानकारी दिए ।
पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका वडा नम्बर, २ का १८ वर्षीय प्रकाश रानामगर रहेका छन् । उनीलाई चोरी मुद्दामा जिल्ला अदालत बाँकेले गत पुस २० गते १ महिना २९ दिन कैद र ९ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।
अदालतको फैसला लगत्तै रानामगर फरार रहेका थिए । पक्राउ गरेका उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत बाँकेमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास खड्काले जानकारी दिए ।
उनका अनुसार बाँके प्रहरीले चालू आर्थिक वर्षमा ५ सय ८७ जना फरार अभियुक्तहरुलाई पक्राउ गरिसकेको छ । फरार अभियुक्तहरुलाई पक्राउ गर्ने अभियान जारी नै रहने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्