25 April 2024  |   बिहिबार, बैशाख १३, २०८१

‘कोहलपुरमा शैक्षिक र सामाजिक क्षेत्रमा सक्रिय हुनेछौँ’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, जेष्ठ २६, २०७८  

कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि विभिन्न गैरसरकारी संस्था र स्वयमसेवक संस्थाको भूमिका रहेको छ । यो अभियानमा सरकारको सहयोगीको रुपमा काम गरिरहेका छन् । कतिपय अवस्थामा सरकार भन्दा पनि अग्रस्थानमा रहेका विभिन्न स्वयमसेवी संस्थाहरुले सरकारलाई साथ दिइरहेका छन् ।यस्तै कोरोना महामारीको नियन्त्रणका लागि विदेशी नियोगहरुको समेत सहयोग रहेको छ । विदेशी गैससहरुले समेत सहयोग गरिरहेका छन् । कोरोनाका कारण थिलथिलो भएको देशलाई मित्रराष्ट्रहरुको समेत सहयोग रहेको छ । खासगरी खोपका लागि नेपाललाई धेरै देशहरुले अहिले पनि खोप दिइरहेका छन् । यही सहयोगका कारण नेपाली नागरिकले अहिले सम्म दुईपटक खोप लगाइसकेका छन् । यसपटक पनि सरकारले बृद्धबृद्धा र स्वास्थ्यकर्मीहरुलाई भेरोसिल खोप लगाउँदैछन् । पछिल्लो समय दोस्रो चरणको भेरियन्ट कमजोर हुँदै गएको छ । छिमेकी देश भारत लगायतका देशमा तेस्रो चरण कोरोना पनि शुरु भएको पूर्वतयारी अवस्थामा रहन आग्रह गरेको छ । नेपाल समेत तेस्रो चरणबाट प्रभावित हुने सम्भावना रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नै बालबालिकाहरुलाई प्रभाव पार्ने देखिएको सचेत रहन आग्रह गरेको छ । कोरोना महामारीको समयमा भइरहेका प्रयास, नेपाल स्काउटले गरेका काम लगायतका विषयमा नेपाल स्काउट कोहलपुर नगर कमिटीका संयोजक हेम कुमार रावतसँग मिसन टुडे दैनिकका लागि शुभाकर विश्वकर्माले गरेको कुराकानीको सम्पादित अंश :

१.भर्खरै स्काउटको संयोजक चुनिनु भएको छ, दैनिकी कसरी बितिरहेको छ ?

कोरोना महामारीको समय छ । हामी कोरोनाको दोस्रो भेरियन्टको लडाई चलिरहेको अवस्था छ । आफ्नो व्यक्तिगत तथा संस्थागत रुपमा कोरोना महामारी र रोकथामका लागि काम गरिरहेको अवस्था हो । म पेसाले शिक्षक समेत हो । मेरो दरबन्दी त्रिभूवन माविमा रहेको छ । अहिले काचमा नगरपालिकामा खटिएको अवस्था छ । नगर प्रमुखको सचिवालयमा । अहिले संघीय र प्रदेश र स्थानीय तहमा समेत नेपाल स्काउटलाई पु¥याउने लक्ष्य अनुसार काम भइरहेको अवस्था छ । सोही अनुसार कोहलपुर नगरपालिकामा समेत नेपाल स्काउटको नगर कमिटी निर्माण गरिएको छ । यहाँको संयोजकको रुपमा मलाई तोकिएको छ । नियुक्ति पत्र आइपुग्दैछ । सबै प्रक्रिया पुरा गर्न एक साता लाग्ने जानकारी मैले प्राप्त गरेको छु । तीन दिन अघि हाम्रो पूर्ण बैठक समेत बसेको थियो । त्यो बैठकले महत्वपूर्ण निर्णय पनि गरेको छ । १३ सदस्यीय नगर कमिटी पनि निर्माण गरिएको छ । त्यो संयोजक मै हुँ । पहिलो बैठकबाट केही निर्णय समेत भएकाक छन् । हाम्रो पहिलो निर्णयका रुपमा कोहलपुर नगरपालिकाका प्रमुख,उप–प्रमुख,प्रमुख प्रशासकिय अधिकृत लगायतसँग परिचयात्मक कार्यक्रम गर्ने निर्णय गरेका छौँ । नगर कमिटिको सदस्य सचिवको रुपमा शिक्षा शाखाको प्रमुख रहने व्यवस्था रहेको छ । िनयुक्ति पत्र आउन वित्तिकै उहाँहरुसँग आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा कुराकानी गर्नेछौँ । उक्त संयुक्त बैठकले आगामी कार्ययोजनाहरु निर्माण गर्नका व्यापक छलफल र विमर्श गर्नेछ । नेपाल स्काउटलाई स्वयम सेवी संस्थाहरुको उत्कृष्ठ बनाउन मेरो जिम्मेवारी रहनेछ । हामीले प्रत्येक विद्यालयमा काम गर्नेछौँ । कब स्काउटको रुपमा समिति निर्माण गरिनेछ । युवा स्काउट समेत गठन हुनेछन् । विद्यालयका भाइबहिनीहरुलाई आवद्ध गर्ने लक्ष्य रहेको छ । तालिम पनि प्रदान गरिनेछ । रचनात्मक र कोभिड केन्द्रीत काम गर्नेछ । हाम्रो तर्फबाट हुन सक्ने सबै प्रयास र काम गर्नेछौ ।तत्काल हामीले होम आइसोलेसनमा बसेकाहरुलाई सहयोग गर्नेछौँ । उनीहरुको घरमा सेनिटाइज गर्ने काम हाम्रो हुनेछ ।

२. नेपाल स्काउट कोहलपुर कमिटीले गर्ने अल्पकालीन योजना के–के हुन् ?

हाम्रो पहिलो काम भनेको कार्यालय स्थापना हुनेछ । स्काउट गठन भएको छ भन्ने जानकारी सम्पूर्णलाई दिनुपर्नेछ । नगरपालिकासँग बैठक बसिनेछ । हाम्रो कार्यालय कोहलपुर नगरपालिकाको शिक्षा शाखामा रहनेछ । हामीले शिक्षासँग मिलेर नै काम गर्ने कोहलपुरका सम्पूर्ण विद्यालयहरुमा । शिक्षा क्षेत्रसँग सम्बन्धित क्रियाकलाप हुनेछन् । तत्काल के के काम गर्ने भनेर हामीले निर्णय समेत गरेका छौँ । कोहलपुर नगरपालिका क्षेत्रमा विद्यामान कोरोना महामारीका कारण प्रभावित भएका, संक्रमित भएका र अस्पतालमा समेत भर्ना गरिरहेकाहरुलाई सहयोग गर्ने रहेको छ । सम्पूर्ण कोरोना संक्रमितको घरमा थप जोखिम नहोस भन्नको लागि सेनिटाइज गर्ने योजना रहेको छ । यस्तै हामीले केन्द्रको निर्देशन समेत पर्खेर बसेका छौँ । उताबाट आएको निर्देशन तथा हाम्रो निर्णयका आधारमा अब कोहलपुर नगरपालिका नेपाल स्काउटको बलियो उपस्थिति भएको पालिका भन्ने कुरामा म सबैलाई विश्वास दिलाउन चाहन्छु । हामी पहिलो स्टेजमा रहेको हुँदा धेरै व्यवस्पापनका कार्य हुन्छन् । नगरपालिकासँग समन्वय गरेर कार्यालय स्थापना गर्ने र १३ जना साथी स्वयमसेवकको रुपमा परिचालित हुनेछोँ ।

३. स्काउटको पहिलो बैठकले शैक्षिक र सामजिक क्षेत्रमा समेत काम गर्ने भनेर निर्णय गर्नु भएको छ ? यी क्षेत्रमा तपाईहरुले गर्ने क्रियाकलापहरु के –के हुन् ?

तपाईंले राम्रो प्रश्न गर्नुभयो ।नेपाल स्काउट एक स्वयमसेवकका रुपमा काम गर्ने एक अन्र्तराष्ट्रिय संस्था हो । यसमा विश्वमा लामो समयदेखि विभिन्न ठूला महामारीहरुमा निकै ठूलो सहयोग गर्दै आएको सबैलाई जानकारी नै छ । हामीले कोहलपुरमा पनि शैक्षिक तथा सामाजिक क्षेत्रमा क्रियाशिल भएर काम र्छौँ । सच्चा समाजसेवा के हो हामी देखाउन चाहन्छु । यसमा हाम्रो मात्रै साथ भएर हुँदैन सबै पक्षको साथ चाहिन्छ । सोही अनुसार काम हुन्छ । सर्वप्रथम यहाँका विद्यार्थीहरुलाई नेपाल स्काउटमा आवद्ध गराइनेछ । खासगरी हामीले यहाँका विद्यार्थीहरुमा अनुशासन र ज्ञान गुणका कुरा सिकाउनेछौँ ।यसको महत्वपूर्ण बाटो भनेको प्रहरी र आर्मीहरुको जस्तो तालिम हुने गर्दछ । उहाँहरुलाई त्यो प्रकारको तालिम दिइनेछ ।अनुशासनको ठूलो पाठ विद्यार्थीहरुलाई सिकाउनु पर्नेछ । पठनपाठन मात्रै राम्रो होइन । सर्वप्रथम सबै अनुशासित हुन आवश्यक छ । विद्यालय खुल्न वित्तिकै हामी काम शुरु गर्नेछौँ । तत्कालीन अवस्थामा नगरपालिकासँग समन्वय गरेर हामीले कार्यालय खोलेर अघि बढ्ने छौँ । महामारीको समयमा हाम्रो तर्फबाट के के काम गर्न सकिन्छ हामी तयार छौँ । नेपाल स्काउटको कोहलपुर कमिटी काम गर्न आतुर छ । स्थानीय सरकारले पनि हामीलाई यो क्षेत्रमा काम गरिदिनुहोस भन्नु भयो भने सोही अनुसार हामी काम गछौँ ।

४. यहाँका बालबालिकाहरु प्रविधिको विकाससँग त्यसको सिकार भएको देखिन्छ । यसको लागि स्काउटले केही गतविधि गर्छ ?

हामीले उनीहरुलाई असल जीवन जिउन सिकाउने हो । कुनै पनि नागरिकले असल जीवन जिउनको लागि उस पहिलो कुरा अनुशासित हुन आवश्यक छ । उहाँहरुलाई तालिमहरु प्रदान गरिनेछ । प्रविधिको सदुपयोग र प्रयोगका विषयमा । यस्तै समाजमा रहेको विभिन्न किसिमका विकृतिहरु रोक्नको लागि पनि हाम्रो पहल रहनेछ । जस्तै कोहलपुर बालविवाह एउटा गम्भीर समस्याका रुपमा देखा परेको छ । त्यसको लागि विभिन्न क्यापिएनको आयोजना गरिनेछ । दुव्र्यसनका विषयमा समेत उहाँहरुलाई आवश्यक कुरा सिकाइनेछ । भविश्यमा देशको असर नागरिक निर्माण गर्नको लागि हाम्रो भरपुर प्रयास रहनेछ ।

५. कोहलपुर स्काउटको संयोजकका रुपमा तपाईंले गर्नेे व्यक्तिगत योजनाहरु के –के हुन् नी ?

ठिक भन्नुभयो, कोहलपुरमा १२ वटा माध्यमिक विद्यालय रहेका छन् । प्रत्येक माविमा कम्तिमा पनि तीन वटा सम्म समूह हुनेछन् । तीनलाई कब स्काउट भन्छ । यस बारे तालिम प्रदान गरिनेछ । स्थापना गरिनेछ । यो मेरो मेघा योजना हो । अन्य कुराहरुमा भने हामी वर्षेनी गर्दै जानेछौँ । यस्तै नगरपालिकाले समेत हामीलाई केही जिम्मेवारी दियो भने समृद्ध नगर निर्माणका निम्ति हाम्रा जिम्मेवारी रहनेछ । उहाँहरुसँग समन्वय गरेर सामाजिक क्षेत्रमा क्रियाशिल हुने कुरा अवगत गराउन चाहन्छु ।

६. अन्त्यमा, कोरोनाका महामारी छ । सम्पूर्णलाई यसबाट बच्नको लागि के सुझाव दिन चाहनुहुन्छ ?

हामी एउटा अभूतपूर्व समस्यासँग जुधिरहेको अवस्था छ । यसले सिंगो विश्व प्रभावित बनेको छ । हाम्रो देश समेत यसबाट अछुतो रहन सकेन । यस्तै हाम्रो जिल्ला त झन प्रभावित भएको अवस्था छ । हामीले सयौ आफ्ना जनहरु गुमाएका छौँ । त्यसैले अहिलेको अवस्थामा सुरक्षा सबैभन्दा आवश्यक कुरा हो । त्यसैले सम्पूर्ण नागरिक आफै पनि सुरक्षित हुन जरुरी छ । हाम्रो जिल्लामा अहिलेपनि निषेधाज्ञा जारी गरिएको छ । त्यसको लागि पनि हामीले पालना गर्नुपर्नेछ । सबैभन्दा महत्वपूर्ण कुरा भनेको हामीले स्वास्थ्य मापदण्ड पुरा गर्ने हो । अनिवार्य मास्क लगाऔँ । सेनिटाइजरको प्रयोग गरौँ । स्वस्थ रहौँ । आफू बचौँ र अरुलाई बचायौँ भन्न चाहन्छु ।

प्रकाशित मितिः बुधबार, जेष्ठ २६, २०७८     7:48:46 AM  |