16 May 2024  |   बिहिबार, जेष्ठ ३, २०८१

जर्मनीले नेपाललाई पठायो विभिन्न स्वास्थ्य उपकरण

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, जेष्ठ २५, २०७८  

काठमाडौं ।

कोभिडविरुद्धको लडाइँमा नेपाललाई साथ दिँदै जर्मनीले स्वास्थ्य उपकरण तथा सामग्रीहरू पठाएको छ ।

नेपालका लागि जर्मन राजदूत रोलान्ड शाफरले स्वास्थ्य सामग्रीको प्याकेज स्वास्थ्यमन्त्री शेरबहादुर तामाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलवार बिहान आयोजित समारोहमा हस्तान्तरण गरेका हुन् ।

उक्त अवसरमा बोल्दै मन्त्री तामाङले नेपाल सरकार तथा जनताका तर्फबाट जर्मन सरकार र जनतालाई धन्यवाद दिएका थिए ।

यी सामग्रीहरू कोभिड–१९ का केस रोक्न तथा संक्रमितको उपचार गर्न सहयोगी हुने उनको भनाइ छ ।

युरोपेली संघको सिभिल प्रोटेक्सन मेकानिजम अन्तर्गत प्राप्त जर्मन सहयोगमा ६२ वटा भेन्टिलेटर, २७ हजार ५०० वटा एफएफपी२ मास्क, ३० हजार सर्जिकल मास्क, १०० वटा गमबूट, २०० वटा बडी ब्याग, पाँचवटा आइसोलेसन सेन्टर टेन्ट, २५ हजार लिटर डिसइन्फेक्टेन्ट छन् ।

यीमध्ये केही सामग्री पछि ल्याइनेछ ।

प्रकाशित मितिः मङ्लबार, जेष्ठ २५, २०७८     1:12:26 PM  |