3 December 2021  |   शुक्रबार, मंसिर १७, २०७८

भारतको रसायन उद्योगमा आगलागी, १८ जनाको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, जेष्ठ २५, २०७८  

भारतको पुणे शहरमा रहेको एक रसायन उद्योगमा सोमवार आगलागी हुँदा मर्नेको संख्या १८ पुगेको छ । दिउँसो पौने ४ बजेतिर लागेको आगोका कारण ३७ जना कामदार भवनभित्र फसेका थिए ।

प्रांगणमा धूवाँ आएपछि थुप्रै दमकल त्यतातिर दौडाइएका थिए । मानिसको उद्धार गर्न अग्निनियन्त्रकहरूले भित्ता फोर्नुपरेको थियो ।

आगलागीको कारण निश्चित हुन नसकेको अधिकारीहरूले बताएका छन् । कारखाना एसभी आक्वा टेक्नोलोजीजको हो । त्यसले पानी सफा गर्ने क्लोरिन डायोक्साइड बनाउने गरेको छ ।

पिरानगुट औद्योगिक क्षेत्रमा रहेको कारखानाका मजदूरहरू त्यतै नजिक बस्ने गर्थे । केन्द्र तथा महाराष्ट्र सरकारले पीडितहरूका लागि क्षतिपूर्तिको घोषणा गरेका छन् ।

प्रकाशित मितिः मङ्लबार, जेष्ठ २५, २०७८     1:11:29 PM  |