25 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

बाँकेमा कोरोना कहर, १२ थपिदाँ, १ सय १८ डिस्चार्ज

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, जेष्ठ २४, २०७८  

कोहलपुर ।

पछिल्लो २४ घण्टामा आइतबार बाँकेमा कोरोना जितेर थप १ सय १८ घर फर्किएका छन् । ४३ महिला र ७५ पुरुष कोरोना जितेर डिस्चार्ज भएको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए । योसँगै बाँकेमा कोरोना जितेर घर फर्किनेहरुको संख्या १६ हजार ६ सय ४१ पुगेको छ ।

कोरोना जित्नेहरुमा ७ हजार ८४ महिला र ९ हजार ५ सय ५७ पुरुषहरु रहेका छन् । पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना संक्रमण देखिएको थियो । २ महिला र १० पुरुषमा संक्रमण देखिएको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेले जनाएको छ । भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १ महिला र ३ पुरुष गरी ४ जना तथा बागेश्वरीको ल्याबमा गरिएको परीक्षणमा १ महिला र ७ पुरुष गरी ८ जनाका संक्रमण पुष्टि भएको हो ।

योसँगै बाँकेमा कुल कोरोना संक्रमितको संख्या ७ हजार ३ सय ३७ महिला र ९ हजार ९ सय १३ पुरुष गरेर १७ हजार २ सय ५० पुगेको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेका फोकल पर्सन ओलीले जानकारी दिए । आइतबार बाँकेका प्रयोगशालामा गरिएको परीक्षणमा १३ महिला र ३२ पुरुष गरेर ४५ बाहिरी जिल्लाका मानिसहरुमा संक्रमण पुष्टि भएको थियो ।

आइतबार पछिल्लो २४ घण्टामा बाँकेका अस्पतालमा उपचाररत थप ४ जनाको मृत्यु भएको थियो । जिल्लाभित्रका २ महिला र बाहिरी जिल्लाका २ पुरुष गरेर ४ जनाको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेले जनाएको छ । योसँगै बाँकेमा जिल्लाभित्र र बाहिरका गरेर ५ सय १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । तीमध्ये २ सय २८ महिला र ३ सय ८७ जना पुरुषहरु रहेका
छन् ।

आइतबारसम्म बाँकेमा सक्रिय संक्रमितको संख्या १ सय २५ महिला र १ सय ८२ पुरुष गरी ३ सय ७ रहेको थियो । तीमध्ये १ सय ६४ महिला र १ सय ९१ पुरुष गरेर ३ सय ५५ होम आइसोलेसनमा रहेका थिए । बाँकेमा बाहिरी जिल्लाका २ सय ६९ संक्रमित उपचाररत रहेको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेले जनाएको छ । जिल्ला अस्पताल तथा आइसोलेसन सेन्टरमा २ सय २१ संक्रमित रहेका थिए ।

प्रकाशित मितिः सोमवार, जेष्ठ २४, २०७८     8:06:44 AM  |