8 December 2021  |   बुधबार, मंसिर २२, २०७८

कर्णाली : नवनियुक्त कांग्रेसका दुई मन्त्रीले लिए शपथ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, जेष्ठ २३, २०७८  

सुर्खेत – कर्णाली प्रदेशका नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

आइतवार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नवनियुक्त दुई मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कांग्रेसका दुई नेतालाई मन्त्रीमा नियुक्त गर्नुभएको थियो । मुख्यमन्त्री शाहीले जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा दीनबन्धु श्रेष्ठलाई र सामाजिक विकास मन्त्रीमा यज्ञबहादुर बीसीलाई नियुक्त गर्नुभएको थियो ।

 

विश्वासको मत दिएर सरकार जोगाइदिएको कांग्रेसलाई मुख्यमन्त्रीले सरकारमा सहभागी गराउनुभएको हो । नेकपा एमालेले सर्मथन फिर्ता लिएपछि वैशाख ३ गते नेपाली कांग्रेसले विश्वासको मत दिएर मुख्यमन्त्री शाहीको पद जोगिएको थियो ।उज्यालो

प्रकाशित मितिः आइतवार, जेष्ठ २३, २०७८     5:22:39 PM  |