21 June 2021  |   सोमवार, असार ७, २०७८

प्रिमियर लिग : लिभरपुलसँग वेष्ट ह्याम युनाइटेड पराजित

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, जेष्ठ २३, २०७८  

काठमाण्डौ : इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल विजयी भएको छ ।

गएराति भएको खेलमा लिभरपुलले वेष्ट ह्याम युनाइटेडलाई ३(१ गोल अन्तरले पराजित गरेको हो । लिभरपुलका लागि मोहम्मद सालेहले खेलको ५७ औँ र ६८ औँ मिनेटमा एकरएक गोल गरे भने जर्जेजियो वाइनाल्डमले ८४ औँ मिनेटमा गोल गरे ।

योसँगै लिभरपुलले वेष्टह्यामसँगको खेलमा ३–१ गोल अन्तरले जित निकाल्यो । जितपछि तेस्रो स्थानमा उक्लिएको लिभरपुलको २१ खेलबाट ४० अंक भएको छ । वेष्टह्याम भने २१ खेलमा ३५ अंकसहित तालिकाको पाँचौँ स्थानमा छ ।

प्रकाशित मितिः आइतवार, जेष्ठ २३, २०७८     5:10:47 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *