25 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

सरकारले लिएको समृद्ध नेपालीको आकांक्षा पूरा गर्छौं  : मन्त्री भण्डारी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, जेष्ठ २३, २०७८  

काठमाडौं   : सरकारले लिएको समृद्ध नेपाल सुखी नेपालीको आकांक्षालाई सफल पार्न आफ्नो ध्यान जाने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शरतसिंह भण्डारीले बताएका छन्।

आइतबार मन्त्रालयमा आफ्नो कार्यभार सम्हाल्दै मन्त्री भण्डारीले आफूहरूले उठाएको माग र मुद्दालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेकाले आफूहरू सरकारमा सहभागी भएको उनले बताए।

उनले भने, जसपा र नेकपा (एमाले) को सहकार्यमा बनेको छ सरकार। हामी सहकार्य गर्न आएका छौँ। मुख्य माग र मुद्दाको सम्बोधन जसले गर्दछ त्यसलाई हामी मित्र शक्ति मान्छौँ र त्यसैको आधारमा सहकार्य गर्छौं भनेर आज ओली नेतृत्वको सरकारले हाम्रो माग, मुद्दालाई सम्बोधन गरेर बढेको र हामीलाई सहकार्य गर्न बाटो खुलेको छ र आज हामी सहकार्य गर्न आएका छौँ।

उनले ऊर्जा मन्त्रालय मुलुकको आर्थिक क्रान्तिको मेरुदण्ड भएकाले मन्त्रालयका काम कारबाहीलाई चुस्त र प्रभावकारी हिसाबले अगाडि बढाउने बताए।

प्रकाशित मितिः आइतवार, जेष्ठ २३, २०७८     5:04:30 PM  |