20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

नेपालले स्कटल्यान्ड र नामिबियासँगको सिरिज स्पेनमा खेल्ने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, जेष्ठ २३, २०७८  

काठमाडौं,विश्वकप लिग २ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको त्रिकोणात्मक सिरिज स्पेनमा हुने भएको छ।


यसअघि स्कटल्यान्डमा हुने तय भएको सिरिज कोरोना भाइरसका कारणका त्यहाँ लगाइएको यात्रा प्रतिबन्धका कारण स्पेनमा गर्न लागिएको नेपाल क्रिकेट संघ ९क्यान० का एक केन्द्रीय सदस्यले जनाकारी दिए।

उनका अनुसार स्पेनमा सिरिज गराउने विषयमा शुक्रबार बसेको क्यानको बोर्ड बैठकमा छलफल भएको थियो।

स्पेनमा सिरिज हुने लगभग पक्का भएको बोर्ड बैठकमा जानकारी दिइएको थियो। अब खेलाडी छनोट र प्रशिक्षणको विषयमा निर्णय हुन्छ भनिएको छ,ु उनले भने।

स्पेनमा सिरिज गराउने विषयमा त्यहाँको स्थानीय सरकारले अनुमति दिन बाँकी रहेको पनि बताइएको छ।

यसअघि स्कटल्यान्डले नेपाललाई रेड जोनमा राखेपछि त्यहाँ पुग्न खेलाडीहरुलाई समस्या हुने भएपछि लिग स्पेनमा गराउने विषयमा छलफल भएको थियो।

सिरिज आगामी जुलाई तेस्रो सातादेखि गर्ने प्रस्ताव गरिएको छ। लिगअघि खेलाडीले बस्नु पर्ने क्वारेन्टिन, राष्ट्रिय टिमको प्रशिक्षण र तयारीको टुंगो लागेपछि लिगको मिति घोषणा गरिनेछ।

सिरिज दक्षिण स्पेनको डेजर्ट स्प्रिङ्ग्स मैदानमा हुनेछ। यो मैदानले केहीअघि मात्र एकदिवसीय मैदानको मान्यता पाएको थियो।

लअभिि ष्ल
कोरोना भाइरसका कारण लिग(२ का अधिकांस खेल प्रभावित भएका छन्। स्थिति सहज भएको अवस्थामा यो सिरिज गत वर्ष नै स्कटल्यान्डमा हुने तय थियो।

प्रत्येक टिमले ९ सिरिज खेल्नु पर्ने लिग(२ मा नेपालले अहिलेसम्म एक सिरिज मात्र खेलेको छ। २०७६ फागुनमा नेपालमा भएको सिरिजमा नेपाल, अमेरिका र ओमानले प्रतिस्पर्धा गरेका थिए।

सिरिजमा नेपालले दुई खेलमा जित हात पारेको थियो। नेपालले अमेरिकालाई दुवै खेलमा हराउँदा ओमानविरुद्धको दुवै खेल गुमाएको थियो।

लिग(२ मा नेपाल, ओमान, अमेरिका, नामिबिया, स्कटल्यान्ड, पपुवा न्युगिनी र युएई गरी ७ टिमबीच प्रतिस्पर्धा भइरहेको छ।

प्रकाशित मितिः आइतवार, जेष्ठ २३, २०७८     4:52:39 PM  |