4 December 2021  |   आइतवार, मंसिर १९, २०७८

कट्रिनाको प्रेमीलाई चेतावनी: अरु युवतीसंग चुम्बन गरेको मलाई मन पर्दैन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, जेष्ठ २४, २०७८  

एजेन्सी ।

पछिल्लो समय अफेयरमा रहेका कट्रिना कैफ र विक्की कौशलको सम्बन्धले अहिलेसम्म औपचारिकता पाएको छैन ।

तर, बलिउडका अनलाइनमा गसिप लेख्नेहरुलाई उनीहरुको रिलेशन गज्जवको विषय बनेको छ । यतिसम्म कि केही अनलाइनले त कट्रिनाले प्रेमीलाई अन्य युवतीसंग फिल्ममा चुम्बनको दृष्य नदिन चेतावनी समेत दिएकी छिन् ।

समाचारअनुसार कट्रिना विक्कीभन्दा ४ वर्ष जेठी छिन् र यो उमेर अन्तर प्रति विक्किका बुवा असन्तुष्ट रहेको केही अनलाइनले उल्लेख गरेको छ ।

विक्की र कट्रिनाको पछिल्लो समय एकसाथ समय बितादै आएका छन् । लकडाउनकै समयमा पनि दुवै एकसाथ संक्रमित भएको र एकसाथ निको भएको समाचार सार्वजनिक भएको थियो ।

प्रकाशित मितिः सोमवार, जेष्ठ २४, २०७८     12:12:21 PM  |